बारामा आज चट्यांग लागेर ४ जनाको मुत्यु, ७ जना घाइते

बारामा आज चट्यांग लागेर ४ जनाको मुत्यु, ७ जना घाइते

  • बिहिबार, असार १८, २०७७
  • दिपक चौरसिया

  • 15.8K
    SHARES

पर्सा, १८  असार । बारामा आज चट्यांग लागेर ४ जनाको मुत्यु ७ जना घाइते भएको छ । बिहान आएको पानीसंगै परेको चट्याङले कलैया उपमहानगरपालिका वडा नम्बर १२ शीतलपुरका २ जना र फेटा गाउँपालिका १ त्रिवेणीका २ जना गरी ४ जना महिलाको मुत्यु भएको छ ।

फेटा गाउँपालिकामा चट्यांग लागेर २ महिलाकाे मृत्यु भएकाे छ भने ५ जना घाइते भएका छन् । धान राेप्न गएकी बाराकाे फेटा गाउँपालिका वडा नं. १ त्रिबेणीकाे २ महिलाकाे मृत्यु भएकाे र कलैया उपमहानगरपालिका वडा नम्बर १२ शीतलपुरका २ जना ७ जना घाइतेकाे भएकाे इलका प्रहरी कार्यालय प्रसाैनीका प्रहरी निरिक्षक ओमप्रकाश यादवले वताए ।

मृत्यु हुनेमा कलैया १२ की ३५ बर्षीया आशादेवी महतो र ४५ बर्षीया अलिमा खातुन तथा फेटा गाउँपालिका १ त्रिवेणीका ३० बर्षिय सेन्दु देवी र ४० बर्षिय सुरपती देवी रहेकाे प्रहरी निरिक्षक यादवले जनाए ।

फेटा गाउँपालिका वडा नं. १ कै घाइतेहुने हरुमा महिला बच्वा देवी,राजपती देवी,कान्ति देवी,उमा देवी, लिलावती देवी,शोशिता देवी र शीला देवी गम्भीर घाइते भएको र उनको वीरगन्ज नारायणी अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

घटना स्थल प्रहरी निरिक्षक यादव कै नेतृत्वकाे प्रहरी टाेली पुगेकाे छ । मृत्यु भएका चारजना महिलाको शव अहिले कलैया अस्पतालमा राखिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ