प्रधानमन्त्री ओली राजीनामा नदिने मुडमा, अरु हटाई छाड्ने सुरमा !

प्रधानमन्त्री ओली राजीनामा नदिने मुडमा, अरु हटाई छाड्ने सुरमा !

  • बुधबार, असार १७, २०७७
  • मिर्मिरे अनलाइन

  • 19.9K
    SHARES

असार १७ काठमाण्डौं । सबै भन्दा धेरै आन्तरीक कलहमा फसेको नेकपा भित्र पछिल्लो पटक गरी निरन्तर पाँच पटक सम्म बैठक बस्यो भोली पनि स्थायी समितिको बैठक बस्ने छ ।
यस बीचमा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, माधव कुमार नेपाल , वामदेव गौतम सहित आज सम्म २१ जना स्थायी समितिमा बोल्नेहरुले खुलेर प्रधानमन्त्री र पार्टी अध्यक्ष दुबै पदबाट राजीनामा दिन ओलीमाथि दबाब दिएका छन् ।
मंगलबार १७ जनाले एकोहोरो राजीनामा मागे पनि एक्लै प्रतिवाद गरेका ओली अझै पनि निरन्तर प्रतिवाद गर्ने तर प्रधानमन्त्री र पार्टी अध्यक्ष दुबैबाट राजीनामा नदिने मुडमा रहेको उनी पक्षधर एक नेताले दाबी गरे ।
हिजोको दबाब पछि आज ओलीले केही मन्त्रीहरु र आफू निकट स्थायी समिति सदस्यहरुलाई बालुवाटारमा बोलाएर परामर्श गरेका थिए ।
त्यस क्रममा पनि उनलाई पार्टी र प्रधानमन्त्रीबाट राजीनामा दिनु भन्दा पनि धेरैले खुट्टा नकमाउन सुझाव दिएका थिए । कतिपयले पार्टी एकताका लागि अरुका कुरा सुन्ने, सल्लाह अनुसार चल्ने गर्दा राम्रो भनेर सुझाव दिए पनि मुख्य कुरा अध्यक्ष र प्रधानमन्त्रीबाट राजीनामा नदिन सुझाव दिएका थिए ।
त्यो छलफलमा विगतमा ओली विरोधी खेमामा रहेर अहिले मन्त्री बनेका, प्रचण्डसगँै पार्टी एकतामा आए पनि अहिले ओलीको नजिक पुगेको दाबी गरिदै आएका राम बहादुर थापा र लेखराज भट्ट पनि सहभागी भएका थिए ।
त्यो छलफल पछि पर्यटन मन्त्री योगेश भट्टराईले पार्टी एकता बचाउन र अन्तरविरोधको समाधान गर्न पहल गर्न सुझाव दिएको बताएका थिए ।
तर मुख्यतयाः राजीनामा दिने, राजीनामा नदिएर पार्टी विभाजन भए पनि त्यो चूनौती पनि मोल्ने या अन्य कुनै विकल्पमा जाने भन्ने सन्दर्भमा यस अघि देखि नै अनौपचारीक परामर्श लिने क्रम प्रधानमन्त्रीले जारी राखेका थिए ।
उनले यही सन्दर्भमा पटक पटक राष्ट्रपतिसगँ समेत भेट गरेका थिए । बैठकमा बामदेव गौतमले राखेको कुरालाई मान्ने हो भने प्रधानमन्त्रीको अर्को विकल्प भनेको संकटकाल लगाउने र पार्टी फुटाउने हो । पूर्व पार्टी नेकपा एमाले निर्वाचन आयोगमा ओलीकै निर्देशनमा दर्ता भएको र राष्ट्रपतिसगँ विकल्पका बिषयमा परामर्श गरेको गौतमको दाबी थियो ।

अहिले मुख्यतयाः नक्सा ल्याए पछि भारतले आफूलाई प्रधानमन्त्रीबाट हटाउन खोजेको र दुतावास सक्रिय भएको अभिव्यक्ति प्रधानमन्त्रीले दिए पछि उनको राजीनामा एकाएक पार्टी भित्रैबाट माग शुरु भएको छ ।
उनले निकटका केही नेताबाट अरुले माग्दैमा राजीनामा नदिन सुझाव दिएका छन् । पार्टी अध्यक्षबाट हट्न महाधिवेशन हुनु पर्ने र प्रधानमन्त्रीबाट हट्न ससदीय दलले निर्णय गर्नु पर्ने भएकाले खुट्टा नकमाउन सुझाएका हुन् ।
यसै आधारमा पनि ओली तत्काल अब राजीनामा दिनुको साटो प्रतिवदानमै लाग्ने अनुमान गर्न थालिएको छ ।
राजीनामा नदिए के गर्छन् अन्य नेताले ?
ओलीले दुबै पदबाट राजीनामा नदिए स्थायी समितिको बहुमतका आधारमा राजीनामा गर्न सिफारीस गर्ने निर्णय गर्न सक्ने संभावना रहेको अर्को पक्षका एक स्थायी समिति सदस्य बताउछन् ।
त्यसो गर्दा पनि ओलीले नटेरे अनुशासनको बिषय उठाउने र ससदीय दलमा बहुमत पुर्याएर फिर्ता बोलाउने तयारीमा अन्य नेता लागेका छन् ।
यस अघि पनि अध्यादेश प्रकरण पछि राजीनामा मागिए पछि ससदको हस्तक्षार गराउने क्रम शुरु भएको थियो । तर नक्सा सार्वजनिक जस्ता बिषयले गर्दा राजीनामाको बिषय उठेको थिएन । तर अहिले एकाएक राजीनामाको प्रश्न उठेकाले नेकपा भित्र आन्तरीक संघर्ष पेचिलो बन्दै गएको छ ।

यस्तो स्थितिमा प्रचण्ड, माधव, खनाल र गौतम मिलेको खण्डमा केही मन्त्री सासद यता उती भए पनि पार्टी कमिटि र ससदीय दलमा समेत बहुमत पुग्ने लगभग निश्चित देखिन्छ । यसको अर्थ पार्टीले राजीनामा गर्न निर्देशन दिने संभावना हुन्छ ।
पार्टी कमिटिको निर्देशन पालना नगरे संसदीय दलमा बहुमत पुर्याएर ससदीय दलको नेताबाट नै हटाउने र प्रधानमन्त्रीबाट हटाउने अन्य नेताको तयारी रहेको स्रोतको दाबी छ ।
यति सबै कुराको पनि सामना गरेरै जानेमा ओली तयार रहेको उनी निकट नेताको समेत दात्री छ ।
यस्तो स्थितिमा नेकपाको आगामी भविष्य कस्तो होला ? दोस्रो तहका नेता र कार्यकर्तामा भने चिन्ता छाउन शुरु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ