नेपालमा बालबालिकामा कोरोनाको जोखिम बढ्दै

नेपालमा बालबालिकामा कोरोनाको जोखिम बढ्दै

  • बुधबार, असार १७, २०७७
  • मिर्मिरे अनलाइन

  • 13.2K
    SHARES

नेपालमा पछिल्लो समय कोरोना संक्रमण बढेसगैँ बालबालिका पनि बढी जोखिममा पर्न थालेका छन् । स्वास्थ्य मन्त्रालयले दिएको पछिल्ल्लो तथ्यांक अनुसार आज सम्म देशभर २ हजार ६१ जना बालबालिका संक्रमित भएका छन् साथै केहीको मृत्यु समेत भएको छ । यी सबै संक्रमितहरु १८ बर्ष भन्दा मुनिका रहेका छन् ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार सुदुर पश्चिम प्रदेशमा मात्रै ९ बर्ष मुनिका एक सय ७५ जना बालबालिका संक्रमित रहेका छन् । उनीहरु सबै जना आफ्ना आमाबुवासगँ भारतबाट आएका थिए । यसले वृद्ध वृद्धा र रोगी मानिसलाई बढी असर गर्छ भनिदै आए पनि नेपालमा बालबालिका संक्रमणको तथ्याकंले जोखिम रहेको देखाउछ ।
बालबालिकाहरुमा कोरोनाको जोखिमबढेसगैँ मन्त्रालयले बालबालिकालाई कोरोना सर्न नदिन घरबाट बाहिर ननिकाल्न, निकाल्नै परेमा मास्क अनिवार्य लगाईदिन र दुई मिटरको दुरी कायम गराउन अपील गरेको छ ।
अझ बालबालिकाबाट अरुमा सर्ने संभावना बढी रहेको हुनाले अभिभावकहरुले उनीहरुको ध्यान दिनु पर्नेमा पनि मन्त्रालयले जोड दिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ