एक घण्टामै स्थगित भयो नेकपा स्थायी समितिको बैठक , आज बोल्ने थप चार जनाले पनि मागे प्रधानमन्त्रीको राजीनामा

एक घण्टामै स्थगित भयो नेकपा स्थायी समितिको बैठक , आज बोल्ने थप चार जनाले पनि मागे प्रधानमन्त्रीको राजीनामा

  • बुधबार, असार १७, २०७७
  • मिर्मिरे अनलाइन

  • 12.8K
    SHARES

असार १७ काठमाडौँ । लामो विवाद र रस्साकस्सीका बीच केही दिन यता जारी नेकपाको स्थायी समितिको बैठक आज एक घण्टा मात्रै बसेर स्थगित भएको छ ।
बालुवाटारमा बसेको पाँचौं दिनको बैठक एक घण्टा बसेर स्थगित भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

कांग्रेस सांसद ज्ञानकुमारी छन्त्यालको निधनमा संघीय संसद्को बैठकमा शोक प्रस्ताव पारित गर्ने कार्यक्रम तय भएपछि त्यसमा सांसदहरु सहभागी हुनुपर्ने भन्दै बैठक स्थगित गरिएको प्रवक्ता श्रेष्ठले बताए ।
बैठकमा आज बोल्ने ४ जनाले पनि हिजो बोल्ने नेताहरुले जस्तै प्रधानमन्त्री ओलीको राजीनामा माग गरेका छन् । आज बोल्नेमा राजीनामा नमाग्नेमा योगेश भट्टराई एक्लै थिए ।
भट्टराईले भने पार्टीलाई एकतावद्ध बनाउनु पर्नेमा जोड दिदै राजीनामा नमागेको एक नेताले बताए । उनी बाहेक लिलामणि पोखरेल, मातृका यादव, एनके प्रसाई र पेशल खतिवडाले राजीनामा मागेका थिए ।
यस अघि हिजो प्रचण्ड, माधव कुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम सहित १७ नेताले राजीनामा मागेका थिए ।
अर्को बैठक बिहीबार बिहान ११ बजे बस्ने भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ