असार १७ काठमाण्डौं । नेकपा भित्र आन्तरीक कलह चुलिएकै बेला निर्वाचन आयोगमा कहिल्यै सार्वजनिक रुपमा नाम नसुनिएकी सन्ध्या त्रिपाठीको नेतृत्वमा एमाले दर्ताको लागि निदेदन दिईन् त्यो पनि मदन भण्डारी जयन्तीका दिन ।
पार्टी विवाद उत्कर्षमा पुगेका बेला सन्ध्या त्रिपाठीको नाममा नेकपा (एमाले) दर्ताका लागि २५ सदस्यीय केन्द्रीय कमिटीको विवरणसहित निवेदन परे पछि यो पनि विवादका बीच चलिरहेको स्थायी समितिको बैठकमा छलफलको बषय बन्यो ।
प्रधानमन्त्री ओलीले आफू नेकपाको अध्यक्ष रहेको , गोपाल किरातीको नेतृत्वमा माओवादी केन्द्र दर्ता भएको स्मरण गराए । वामदेव गौतमले भने ओलीकै योजनामा एमाले दर्ताको प्रकृया थालेको र आफूसगँ प्रमाण रहेको जिकिर गरेका छन् ।
दल दर्ताका निम्ति २१ जना पदाधिकारीको नाम भए पुग्छ । निवेदन परेपछि आयोगले नागरिकतासहित व्यक्तिको सनाखत गरेर ४५ दिनभित्र दल दर्ता गरिसक्नु पर्ने हुन्छ ।
नेकपा भित्र विवादले उत्कर्ष रुप लिईरहेका बेला एमाले ब्युताउन भएको खेललाई पनि अर्थपूर्ण रुपमा हेरिएको छ ।
किन भने यस अघि दुई पार्टी एकीकरण हुदाँ एमाले भित्र त्यत्रो सार्वजनिक असन्तुष्टी देखिएको थिएन जति माओवादीमा देखिएको थियो ।
माओवादीमा बरु एकतामा नगएका गोपाल किरातीको नेतृत्वमा माओवादी केन्द्र जीवित राखिएको थियो ।
वामदेव गौतमले कस्सिएर ओलीकै निर्देशनमा एमाले दर्ता भएको आफूसगँ प्रमाण र सुचना रहेको दाबी मंगलबार बैठकमा गरेका थिए ।
यसबारे प्रचण्डले समेत किन एमाले दर्ता भयो ? कसले दर्ता गर्यो भनेर बैठकमा कुरा उठाएका थिए ।
त्यसो त बरिष्ठ नेता झलनाथ खनाल र माधव कुमार नेपालले पनि एमाले दर्ताको बिषयमा छानविन गर्न माग बैठकमै गरेका थिए ।
संभवत आजको बैठकमा पनि यस बिषयमा कुराकानी हुने बताईएको छ ।
नयाँ दर्ता हुन लागेको एमालेमा अध्यक्ष पनि महिला र उपाध्यक्ष पनि महिला रहेकी छन् हेर्नुस् २१ पदाधीकारीको नाम
सन्ध्या तिवारी- अध्यक्ष
भगवती खड्का-उपाध्यक्ष
मनिष उपाध्याय-महासचिव
अस्मिता सुनार
दावा लामा
जयाराम रावत
खगेन्द्रप्रसाद भुसाल
हिराबहादुर बोहरा
राधा पुरी
तारादेवी शाही
पवन बिष्ट
निलम पोखरेल
किरण लामिछाने
उमेश महतो
उशाकुमारी झा
प्रदीपराज गिरि
पूर्णिमा तामाङ
निश्चल बस्नेत
सञ्जिव विष्ट
विनिता कार्की
विमला बिष्ट