काठमाडौं असार १७। पार्टीभित्रैबाट पार्टी अध्यक्ष र प्रधानमन्त्रीबाट राजीनामा माग भए पछि दबाबमा परेका प्रधानमन्त्री केपी शर्मा ओलीले कसरी अघि बढ्ने भन्ने बिषयमा निकटका नेताहरुसगँ छलफल शुरु गरेका छन् ।
पहिलो चरणमा आज उनले निकटका स्थायी समिति सदस्य र मन्त्रीहरुलाई बालुवाटारमा बोलाएर छलफल गरेका छन् ।
मंगलबारको स्थायी समिति बैठका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका १७ जना नेताहरुले सरकार र पार्टी सञ्चालनमा असफल भएको भन्दै दुवै पदबाट राजीनामा मागेका थिए ।
बैठकबाट निस्केपछि ओलीले मुख्यसचिवलाई राष्ट्रपति कार्यालय पठाएका थिए । त्यसपछि पनि उनले आफु निकटका व्यापारी व्यवसायीहरुसँग बेलुुका छलफल गरेका थिए ।
यस छलफलमा पहिलो विकल्प पार्टीभित्रैबाट राजीनामा मागिएको अवस्थामा राजीनामा दिने र पार्टी फुटबाट जोगाउने, दोस्रो राजीनामा नगरी सेना परिचालन गरेर अघि बढ्ने र तेस्रो आफु पार्टी नफुटाउने अरुले फुटाए काँग्रेससँग मिलेर सरकार बनाउने । जस्ता विकल्पहरुका बारेमा पनि परामर्श भएको स्रोतको दाबी छ । तर अवस्था के हुन्छ बैठक पछि मात्रै स्थिति निर्धारण हुने अपेक्षा नेताहरुले गरेका छन् ।
सम्भवतः आज ११ बजे पछि बस्ने बैठकमा केही स्थायी समिति बैठकले धारणा राखेपछि ति दुवै विषयमा निर्णय हुने नेताहरुको भनाइ छ ।