नेकपा भित्रको कलहले मन्त्रीलाई लागेन निन्द्रा , मध्यरातमा गरे यस्तो ट्वीट

नेकपा भित्रको कलहले मन्त्रीलाई लागेन निन्द्रा , मध्यरातमा गरे यस्तो ट्वीट

  • बुधबार, असार १७, २०७७
  • मिर्मिरे अनलाइन

  • 14.7K
    SHARES

असार १७ काठमाण्डौं । नेकपा भित्र मंगलबार निकै भिन्न दृष्य देखियो । प्रचण्डदेखि माधव नेपाल , झलनाथ खनाल , वामदेव गौतम हुदैँले लगातार बोल्ने १७ जनाले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले दुबै पदबाट राजीनामा दिन माग गरे ।
यस अघि उनको पक्षमा बोल्दै आएका रक्षा मन्त्री ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल र गृहमन्त्री राम बहाहदुर पनि मौन बसे पछि प्रधानमन्त्री ओली एक्लैले आफ्नो प्रतिरक्षा गरे ।
तर स्थायी समितिको बैठकमा देखिएको त्यो दृष्यले दोस्रो तहका नेताहरुलाई निकै चिन्तित बनाएको देखिएको छ ।
मध्यरातमा अधिकाश मानिस सुतेका हुन्छन् तर राजनीतिक परिघटनाले नेकपाका मन्त्रीद्धय घनश्याम भुषाल र योगेश भट्टराईले ट्वीट गरेर पार्टी भित्रको समस्याबारे चिन्ता व्यक्त गरे ।
भुषाल कृषि मन्त्री हुन र नेकपाका बैचारिक नेता पनि । उनले राति एक बजेर ३ मिनेटमा ट्वीट गर्दै हाम्रो जहाज महाभुमरीमा हेलिने अनिष्ट सम्भावना नजिकिन थाल्यो १ अर्थात्, हामी हरेकले फेरि एकपटक विवेक र धैर्यको परीक्षा दिनुपर्ने भयो , नहडबडाएर, एकताबद्ध भएर यसको सामना गरिनेछ ।’ भनेर लेखेका छन् ।

त्यस पछि अर्का नेता तथा पर्यटन मन्त्री योगेश भट्टराईले राति ट्वीट गर्दै आदरणीय कमरेडहरू, एकपटक आफैलाई हेरौं, अर्कालाई बुझौँ, टाढा नजाऔँ, नजिक आऊँ, संवाद गरौँ संवाद  ’ भनेर लेखेका छन् ।
उनले आज बिहान समेत ट्वीट गर्दै परिस्थिति सही दिशामा मोडिने आशा गर्दै बुधबार राम्रो बार मानिने भन्दै आज सकारात्मक हुन सक्ने अपेक्षा गरेका छन् ।

राति नै ओलीका किचन क्याविनेट भित्रका मानिने विस्वास पात्र गोकुल बास्कोटाले भने ‘प्रधानमन्त्रीका कमजोरी होलान तर प्रधानमन्त्रीमाथिका हमलाहरु नियोजित डिजाईनका स्पष्ट श्रृङ्खला हुन । बदनाम,आक्रमण र ध्वस्त । चरणहरु यीनै हुन।बाँकी धैर्यतापुर्वक हेरौ । अरुलाई पुर्ने खाल्डो खन्नेले आफ्ना लागि पनि खनिरहेकै हुन्छ ।’ भनेर लेखेका छन् ।


नेकपा भित्र बढेको सत्ता संघर्षले गर्दा दोस्रो तहका नेताहरु थप सचेत भएको देखिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ