आफ्नो प्रतिरक्षामा एक्लो परे ओली, अरु बोल्ने सबैले मागे राजीनामा

आफ्नो प्रतिरक्षामा एक्लो परे ओली, अरु बोल्ने सबैले मागे राजीनामा

  • बुधबार, असार १७, २०७७
  • मिर्मिरे अनलाइन

  • 13.8K
    SHARES

असार १७ काठमाण्डौं । नेकपा भित्र यतिखेर कालो बादल मडारिएको छ । यो ईीतहासमा लेखिने खालको दृष्य देखिएको छ । जतिखेर पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री बिरुद्ध एक दिनमा बोल्नै सबै नेताहरुले हमला गरेका छन् ।
प्रचण्डदेखि माधव नेपाल, झलनाथ खनाल देखि वामदेव गौतम हुदै मंगलबार बोल्नै सबै स्थायी समिति सदस्यहरुले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुबैबाट राजीनामा दिन माग गरे ।
बैठकमा बोल्ने १८ जना मध्य ओली बाहेक सबै १७ जनाले ओलीले दुबै पदबाट राजीनामा दिन माग गरे ।
उनले प्रचण्डदेखि झलनाथ खनाल सम्मको सक्दो प्रतिवाद गरिरहे । बैठक अघि र पछि पनि उनी राष्ट्रपति निवास पनि पुगे । के के छलफल गरे त्यो सार्वजनिक भएको छैन ।
आफ्नै सहकर्मी , आफ्नै नेताहरुले एकै मुखले राजीनामा माग गरे पछि के गर्ने भन्नेमा ओली दबाबमा परेको स्रोत बताउछ ।
उनले आज मन्त्रीपरिषद्को बैठक समेत बोलाएका छन् । सोमबार मात्रै मन्त्रीपरिषद्को बैठक बसेको थियो । यस बैठक किन बोलाएका हुन् त्यो एकीन छैन ।
ओलीले आफ्नो प्रतिरक्षामा नेताहरुलाई जवाफ फर्काए पनि उनलाई यस अघि साथ दिदै आएका रक्षा मन्त्री ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल र गृहमन्त्री राम बहादुर थापा समेत मंगलबार मौन बसेका थिए ।
उनले अब पार्टीको अध्यक्ष तथा संसदमा निर्वाचन लड्दिन भनेर बताए पछि झलनाथ खनालले अब त जीते पो लड्नु हुन्छ त भनेर जवाफ फर्काएका थिए ।
उनले भारतीय मिडियामा र आफ्ना नेताहरुको एउटै भाषा किन आएको छ ? मैले भारतको बिरोध गर्दा यत्रो टाउको दुखाई किन भनेर प्रश्न समेत गरेका थिए ।
तर सबै खनिए पछि ओलीको कुरा पत्याउने धेरै भएनन् । बैठक पछि उनी फेरी राष्ट्रपति भवन तिर लागेका थिए ।
नेकपा भित्रको आन्तरीक कलहले नेपालको पछिल्लो राजनीतिक घटनाकध्रममा थुप्रै शकाको बादल मडारिएको छ ।
प्रतिपक्षले भन्दा बढी आफ्नै पार्टीका नेताले राजीनामा मागे पछि ओलीमाथि नैतिक रुपमा राजीनामा दिने वा पार्टी विभाजन गर्ने जस्ता विकल्प बाँकी हुने छ । त्यस अघि आत्मालोचना र माफी माग्दा अरु सहमत भए भने त्यो पनि एक विकल्प हुने छ ।
अन्तिममा ओलीले संकटकाल लगाउन सक्ने आशंका अन्य नेताहरु आशंका गर्न थालेको समेत चर्चा चल्न थालेको छ ।
एमाले र माओवादी एकता भएको २ बर्ष बढी अवधि पछि र एकताले पूर्णता नपाँउदै नेकपा नयाँ स्वरुपको द्धन्दमा नेकपा फसकेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ