प्रधानमन्त्री ओली फेरी घेरिए आफ्नै नेताहरुबाट, दाहाल,नेपाल,खनाल र गौतमले मागे राजीनामा

प्रधानमन्त्री ओली फेरी घेरिए आफ्नै नेताहरुबाट, दाहाल,नेपाल,खनाल र गौतमले मागे राजीनामा

  • मङ्लबार, असार १६, २०७७
  • मिर्मिरे अनलाइन

  • 12.4K
    SHARES

काठमाण्डौं असार १६ । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली विरुद्ध पार्टी भित्र घेराबन्दी बढेको छ । मंगलबार अर्का अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधव कुमार नेपाल, झलनाथ खनाल र वामदेव गौतम सहितले एकै स्वरमा राजीनामा माग गरेका छन् ।
केही दिन अघि मात्रै मदन भण्डारी जयन्तीको अवसरमा बोल्दै प्रधानमन्त्री ओलीले नक्सा ल्याए पछि आफ्नो सरकार ढाल्न दुतावास सक्रिय भएको अभिव्यक्ति दिएका थिए ।
आज बसेको स्थायी समितिको बैठकमा अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीको राजीनामा भारतले हैन आफूहरुले मागेको कडा रुपमा बताएका थिए ।
केही दिन अघि मात्रै एउटा पदबाट राजीनामा मागेका नेताहरुले यस पटक भने प्रधानमन्त्री तथा पार्टी अध्यक्ष दुबै पदबाट राजीनामा मागे पछि ओली थप अप्ठ्यारोमा परेका छन् ।
प्रधानमन्त्रीको आईतबारको अभिव्यक्ति उताउलो र सतही भएको पनि नेताहरुले टिप्प्णी गरेका थिए ।
बैठकको शुरुमै बोलेका प्रचण्डले राजीनामा माग गरेका थिए भने त्यस पछि खनाल, नेपाल, गौतम र अन्य स्थायी समिति सदस्यहरुले पनि राजीनामा माग गरेका थिए ।
नाराणकाजी श्रेष्ठ, बेदुराम भुसाल, मुकुन्द न्यौपाने, अष्टलक्ष्मी शाक्य, भिम रावल, रघुजी पन्त, गणेश शाह, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा, गोकर्ण विष्ट, पम्फा भुसाल, युवराज ज्ञवाली, भिम आचार्यले प्रधानमन्त्री ओलीको कारण पार्टी र सरकार दुवै अप्ठ्यारोमा परेको भन्दै राजीनामा माग गरेको एक नेताले बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ