काठमाडाैं, १६ असार । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या १३ हजार पाँच सय ६४ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित पत्रकार सम्मेलनका क्रममा प्रवक्ता डा जागेश्वर गाैतमले मंगलबार ३१६ जनाको रिपोर्ट पोजिटिभ देखिएकाे जानकारी दिए ।
याेसँगै संक्रमितको संख्या १३ हजार पाँच सय ६४ पुगेको छ।संक्रमित हुनेमा सप्तरीका २५, सिरहाका १०, उदयपुरका २, झापाका ५, सुनसरीका २, संखुवासवाका ३, धनुषाका ३, रौटहटका ७, महोत्तरीका २९, अछामका २७, बाजुराका ५१, काठमाडौंका १२, स्याङ्जाका ४, गुल्मीका १, सिन्धुपाल्चोकका २, गोरखाका १, सर्लाहीका ८, भक्तपुरका १, बागलुङका १, डडेलधुराका ३, ललितपुरका १, अछामका १, बैतडीका ४, डोटीका १५, म्याग्दीका १, कास्कीका ९, लमजुङका ३, तनहुँका ६, अर्घाखाँचीका ७, पाल्पाका १८, सल्यानका २, दाङका २१, रुकुम पश्चिमका ८, बाँकेका १, दैलेखका ३, डोटी १५ र कैलालीका ५ जना रहेका छन् ।