अदालतले रिहा गरेलगत्तै विप्लव नेकपाका नेता वीरजङ्ग पुनः पक्राउ

अदालतले रिहा गरेलगत्तै विप्लव नेकपाका नेता वीरजङ्ग पुनः पक्राउ

  • सोमवार, असार १५, २०७७
  • मिर्मिरे अनलाइन

  • 11.2K
    SHARES

बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा मध्यपश्चिम कमान्ड इन्चार्ज चन्द्रबहादुर चन्द ‘वीरजङ्ग’ लाई प्रहरीले दाङ देउखुरी जिल्ला अदालतको गेटबाट फेरी गिरफ्तार गरेको छ।

२०७६ साल असोज २९ गते पार्टीको बैठकस्थलबाट गिरफ्तारीमा परेका नेता बीरजंगलाई दाङ देउखुरी जिल्ला अदालतले १५ हजार धरौटीमा रिहाइको आदेश दिएको थियो।  अदालतले तोकेको धरौटी तिरेर रिहा हुने आशामा ने.क.प.का नेता तथा कार्यकर्ताले उनलाई फूलमालासहित स्वागत गरेका  थिए । तर अदालत गेटबाट निकाल्नासाथ प्रहरीले फेरी गिरफ्तार गरेको थियो।  उनलाई पुनः गिरफ्तार गरेर काभ्रे लगेको बताइएको छ ।

२०७६ असोज २९ गते नेकपा राप्ती ब्युरो बैठकबाट गिरफ्तार भएका वीरजङ्गसहित २१ जनामध्ये उनलार्य तुलसीपुर कारागारबाट जिल्ला अदालतमा उपस्थित गराइएको थियो । त्यस बैठकस्थलबाट  गिरफ्तार २१ जनामध्ये अरू २० जना यसअघि नै रिहा भैसकेका छन् तर वीरजङ्गलाई अहिलेसम्म पनि प्रहरीले रिहा गरेको छैन ।

अदालतबाट यसअघि नै प्रत्येकलाई १५ हजार धरौटीमा रिहा गर्न आदेश दिइसकेको भए पनि प्रहरी प्रशासनले राजनीतिक पूर्वाग्रहका आधारमा वीरजङ्गलाई भने बारम्बार गिरफ्तार गरिराखेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ