समाचार प्रभावः कतारमा अलपत्र हानिफ पाल्पाको मुस्लिम युथ क्लबको सहयोगमा भोली नेपाल आउदै

समाचार प्रभावः कतारमा अलपत्र हानिफ पाल्पाको मुस्लिम युथ क्लबको सहयोगमा भोली नेपाल आउदै

  • सोमवार, असार १५, २०७७
  • मिर्मिरे अनलाइन

  • 22K
    SHARES

असार १५ काठमाण्डौं । कतारमा अलपत्र परेका नवलपुर कावासोती कोईलापानीका मोहम्मद हानिफ मियाको पाल्पाका मुस्लिम युथ क्लबका सदस्यहरुको सहयोगमा उद्धार हुने भएको छ । हानिफ मिया कतारमा अलपत्र परेको बिषयमा असार १२ गते मिर्मिरे अनलाईनले समाचार प्रकाशन गरेको थियो ।
पाल्पा रामपुर मुस्लिम युवाहरुले स्वेच्छिक आर्थिक सहयोग गरे पछि सोही पैसाले टिकट काटेर हानिफ भोली जुन ३० तारिखमा हानिफ काठमाण्डौ अवतरण गर्ने छन् । समाचार पढे पछि कतारमै बस्दै आएका सो मुस्लिम युथ क्लबमा आवद्ध युवाहरुले उनलाई सम्पर्क गरेर सहयोग पठाए, मिर्मिरे अनलाइसँग फाेनमा हानिफले भने । सोही पैसाबाट हानिफले १४ सय बढी कतारी रियल तिरेर टिकट काटेका छन् ।

मिर्मिरेलाइ धन्यवाद दिदैँ हानिफले फाेनमा भने, सरकारले त मेराे समस्या सुनेन, देखेन । मलाई उद्वार गरेन तर समाचार पढेपछि पाल्पाका मुस्लिम युथ क्लबका सदस्यहरुले सहयाेग गरे त्यसैले नेपाल फर्कन पाए ।
सहयोग गर्ने युवाहरुको नाम र रकमको सूची हेर्नुहोस् :

सहयाेग लिस्ट साैजन्यः मोहम्मद हानिफ मिया

२०७६ साल बैशाख दुई गते रोजगारीका लागि कतार पुगेका थिए । तर गएको पाँच दिनमै बिरामी परे । त्यस पछि ८ दिन आईसियुमा बसेर उपचार गरे पछि कम्पनीले दुई महिना रेष्ट दियो । पछि सामान्य हेरचाहको जिम्मेवारी दियो ।
तर अहिले कोरोना पछि त्यही कम्पनी पनि बन्द भयो र उनले रोजगारी गुमाएको चार महिना बित्यो । यता उती मिलाएर उनलाई कम्पनीले नेपाल फर्कने टिकट पनि मिलाईदियो । तर लकडाउन र उडान बन्द भए पछि टिकट काटेर हातमा बोके पनि हानिफ नेपाल आउन पाएनन् । भारतीयद्धारा सञ्चालित फुड स्टपमा हानिफले काम गर्दै आएका थिए ।
यति सम्म कि उनले अहिले खाना समेत कम्पनीमै काम गर्ने भारतीय साथीहरुकोमा खाईरहेका छन् । तिनै भात खुवाउने भारतीय साथीले पनि एम्बेसी जा भन्छ । हानिफसगँ एम्बेसी सम्म जाने पनि पैसा नभएको गुनासो गर्छन् ।
एम्बेसीमा फोन गरेर बल्ल बल्ल उठ्यो भने फारम भर्ने भन्छ, फारम भरे पनि नाम आएन । धेरै जसो दुतावासको फोन नउठ्ने उनको गुनासो छ ।
त्यस पछि उनले उद्धार हुने आशा जीवितै राखे पनि पैसा नभएर दिक्दारीले एकदम पीडा हुने गरको सुनाए । अख्तर अस्पतालमा उनको उपचार भएको थियो । उनले उद्धारका लागि धेरैतिर फोन गरीरहे पनि कसैले रेस्पोन्स गरेको थिएन । तर पहिला काटेको टिकटमा लगिदिनु पैसा छैन भन्दा पनि पैसा नभए यतै बस भन्ने गरेका थिए ।
हानीफले मिर्मिरे परिवारलाई धन्यवाद दिदै अरु हानिफहरुको पनि उद्धार होस् भन्ने कामना गरेका छन् ।

मोहम्मद हानिफ मियाकाे टिकट । 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी