आफूलाई प्रधानमन्त्रीबाट हटाउन विदेशी दुतावास सक्रिय भएको प्रधानमन्त्री ओलीको दाबी, भन्छन् मलाई हटाउन संभव छैन

आफूलाई प्रधानमन्त्रीबाट हटाउन विदेशी दुतावास सक्रिय भएको प्रधानमन्त्री ओलीको दाबी, भन्छन् मलाई हटाउन संभव छैन

  • आइतवार, असार १४, २०७७
  • मिर्मिरे अनलाइन

  • 13.4K
    SHARES

काठमाडौँ असार १४ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको नयाँ नक्सा ल्याए पछि आफूलाई हटाउन विदेशी दुतावास सक्रिय भएको र होटलहरुमा गतिविधि भईरहेको दाबी गर्दै आफूलाई हटाउन असंभव रहेको बताएका छन् ।
मदन भण्डारीको ६९औं जन्मजयन्तीको अवसरमा धानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले आफूलाई हटाउन होटलमा गतिविधि भएका र दूतावास सक्रिय भएको दाबी गरे पनि दुतावासको नाम लिएनन् ।
तर उनले नक्सासगँ जोडेका कारण त्यो भारतीय दुतावास भएको अनुमान गर्न सकिन्छ । भारतको बिरोधका बीच ओलीले नेपालको पूर्ण नक्सा परिवर्तन गराएका छन् ।
भारतद्वारा अतिक्रमित नेपाली भूमि समेटेर नक्सा छापेपछि आफूविरुद्ध षड्यन्त्र भएको भन्दै उनले आजका लागि नभई भोलिका लागि पनि आफू प्रधानमन्त्रीको जिम्मेवारीमा रहनुपर्ने बताए ।
कतिपयले नक्सा छापेकोलाई अपराध भनेका छन् । मलाई हटाउन होटलहरुमा गतिविधि भएका छन् । राजदूतावासमा सक्रियता बढेको छ,’ उनले भने ।

ओलीले नक्सा छापेबापत कसैले प्रधानमन्त्रीलाई हटाउँछु भनेर सोचेको भए पनि नेपालको राष्ट्रियता कमजोर नभएको बताए ।
उनले भने, ुनक्सा छापेबापत प्रधानमन्त्रीलाई कसैले हटाउँछु भनेको छ भने नेपालको राष्ट्रियता त्यति कमजोर छैन, तुरुन्तै मलाई हटाउन सकियोस् । कसैले नसोचे हुन्छ । कसैले हतारो नगरे पनि पनि हुन्छ ।
आफू हटेको भोलीपल्ट देखि नेपालको पक्षमा बोल्ने मान्छे नहुने पनि उनले दाबी गरे ।

प्रधानमन्त्री ओलीले आफूलाई प्रधानमन्त्रीको जिम्मेवारीमा बस्न मन नभए पनि अहिले हटिँदिदा आगामी दिनमा नेपालको पक्षमा बोल्दा अर्को प्रधानमन्त्री हट्नुपर्ने अवस्था आउने बताए ।
त्यस्तै प्रधानमन्त्री ओलीले नेकपा र संसदीय दल पनि कसैको बहकावमा नकुद्‍ने दाबी गरे ।
उनले लिम्पियाधुरासहितको नयाँ नक्सा जारी भएपछि भारतले भारतीय मिडियामार्फत आफ्नो नेतृत्वको सरकार ढाल्न भूमिका खेलेको भन्दै तर त्यो प्रयास सफल हुन नदिने बताए । उनले नेपालले अरुको जमिन हस्तक्षेप नगरेकाले त्यो जमिन फिर्ता गरेरै छाड्ने पनि बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ