मुम्बई बाट आएर क्वारेन्टाईनमा रहेका ४५ बर्षिया एक पुरुषको नवलपरासीमा मृत्यु

मुम्बई बाट आएर क्वारेन्टाईनमा रहेका ४५ बर्षिया एक पुरुषको नवलपरासीमा मृत्यु

  • आइतवार, असार १४, २०७७
  • रबिन्द्र यादव

  • 7.5K
    SHARES

नवलपरासी पश्चिम १४ असार । नवलपरासी पश्चिमको बर्दघाट नगरपालिका – २ चिसापानीको क्वारेन्टाईनमा रहेका एक ४५ बर्षिया पुरुषको मृत्यु भएको छ । गए राती करिव २ बजेको समयमा उनको अवस्था गम्भिर भएपछि परिवारलाई खबर गरी उपचारका लागि प्रादेशिक अस्पताल बुटवल लगिएको थियोे र उपचारकै क्रममा उनको विहान ५ बजेको समयमा मृत्यु भएको बर्दघाट नगगगरपालिका मेयर धिरज शर्मा बस्यालले जानकारी दिए ।

बर्दघाट २ चिसापानीकै ति पुरुष यहि असार १२ गते मात्र भारतको मुम्बईबाट आएर चिसापानी दिब्यज्योति बहुमुखी क्याम्पसको क्वारेन्टाईनमा बसेका थिए । उनी पहिल्यै देखि ब्लेड प्रेसर र मुटुको विरामी समेत भएको शर्माले बताए । उनमा कोरोना भए वा नभएको बारेमा भने पिसिआर परिक्षणका स्वाव संकलन गर्ने प्रकृयामा रहेको बर्दघाट नगरपालिकाले जनाएको छ ।

पिसिआर रिपोर्ट आएपछि मात्र उनको मृत्यु कोरोनाकै कारण हो वा अन्य कारण हो भन्ने पुष्टि हुनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ