के बामदेवले मागेको न्याय पार्टीले दिएला ?

के बामदेवले मागेको न्याय पार्टीले दिएला ?

  • आइतवार, असार १४, २०७७
  • मिर्मिरे अनलाइन

  • 11K
    SHARES

असार १४ काठमाडौं । महाकाली सन्धि राष्ट्रघाती भएकोले सम्झौता संसदबाट पारीत गर्न हुदैन भनेर ठूलो अभियान चलाएका थिए उनले ।
५२ सालमा महाकाली सन्धिको बिपक्षमा उभिए पछि एमालेले उनलाई कार्बाही नै गर्यो । त्यसैको पीडा र आक्रोसमा गौतम, सिपी मैनाली सहितले एमाले छाडेर नेकपा माले बनाए ।
दुर्भाग्यवस उनको राष्ट्रवादी नाराले ५६ सालको निर्वाचनमा स्थान पाएन । अर्थात उनको पार्टी नेकपा माले कतै बिजयी हुन सकेन ।
त्यसैले उनले मालेलाई फेरी लगेर एमालेमा मिसाए । सिपी मैनाली गएनन् र उनले अहिले पनि माले चलाईरहेका छन् । उनको मालेका कैयौ युवा नेताहरु माओवादी विद्रोहमा पनि लागे ।
फेरी गौतम एमालेमा आए पछि महाकालीको सन्धिको खासै समिक्षा भएको थिएन ।
अझ ७५ सालमा माओवादी र एमाले मिलेर नेकपा बने पछि उनलाई अहिले उपाध्यक्ष बनाईएको छ । उनी पार्टीको शीर्ष नेतृत्व बन्न पाएका छैनन् । उनी माओवादी एमाले मिलाउन पनि निकै सक्रिय थिए ।
उनलाई अघिल्लो निर्वाचनमा अबको प्रधानमन्त्री भनेर आस्वासन दिए नेताहरुले तर दुर्भाग्य माओवादी र एमाले मिलेका बेला समेत उनी निर्वाचन हारे या हराईए ।
पछि राष्ट्रिय सभा हुदै प्रधानमन्त्री बनाउने बाटो खोल्ने विकल्प खोजियो पार्टी भित्र बाहिरै रडाको मच्चिए पछि त्यो संभव भएन । फेरी राष्ट्रिय सभा सम्म भए पनि जाने उनका बारे भएको निर्णय प्रधानमन्त्री तथा पार्टी अध्यक्षले कार्यन्वयन गरेनन् ।
बरु उपयुक्त समयमा प्रतिनिधि सभामा पठाउने भन्ने निर्णय भएको छ , गौतमका लागि त्यो उपयुक्त समय कहिले आउने हो पत्तो छैन ।
यही बेला उनलाई प्रचण्ड माधवको गठबन्धनमा लागेको भनेर ओलीले पेल्न खोजिरहेका छन् ।
अहिले देशले नयाँ नक्सा संसोधन गरेर कालापानी, लिपुलेक, लिम्पियाधुरा समेटे पछि गौतमले २५ बर्ष अघि आफूले उठाएको राष्ट्रघातको मुद्धा जोडेर आफूमाथि भएको कार्बाहीलाई स्मरण गर्दै न्याय मागेका छन् पार्टी भित्र ।
प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमै भएको बैठक तर प्रधानमन्त्री तथा एक जना अध्यक्ष ओली उपस्थित नभएको बैठकमा उनले पार्टी भित्र न्याय माग्नुको अर्थ के होला ?
नेकपा स्थायी कमिटीको जारी बैठकमा शनिबार बोल्दै उपाध्यक्ष गौतमले आफूलाई कारबाही गर्नु गल्ती भएको कुरा पार्टीले भन्नुपर्ने बताए । २९ माघ २०५२ मा महाकाली सन्धि भएको थियो । त्यतिबेला गौतम महाकाली सन्धिको विरोधमा थिए । नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन एमाले महासचिव माधवकुमार नेपाललगायतका नेताहरु महाकाली सन्धिको पक्षमा थिए । तर, सिपी मैनाली, आरके मैनाली, गौतमसहितका नेताहरु त्यसको विरोधमा थियो ।
सोही कुरा उल्लेख गर्दै गौतमले पार्टीमा महाकाली नदीको मुहान लिम्पियाधुरा भएको बताउँदै त्यतिबेला महाकाली सन्धिको विरोध गर्दा कारबाही भएकाले पार्टीले अहिले न्याय दिनुपर्ने माग गरेका छन् ।
शारदा बाँध, टनकपुर बाँध, पञ्चेश्वर बहुउद्देश्यीय परियोजनालाई एकीकृत रुपमा विकास गर्ने उद्देश्यले महाकाली सन्धि भएको थियो । जसलाई गौतमलगायतका नेताले राष्ट्रघाती सम्झौता भन्दै विरोध गरेका थिए ।

एमालेमा महाकाली सन्धिलाई लिएर केन्द्रीय कमिटी बैठकमै मतादन भएको थियो । एक मतको अन्तरले महाकाली सन्धि पारित गर्ने पक्षमा एमाले भयो । संसद्बाट सो सन्धि पारित गर्ने पक्षमा पार्टीले ह्विप जारी ग¥यो । तर, गौतम लगायतका नेताहरुले पार्टीको ह्विप उल्लंघन गर्दै मतदान नै नगरेपछि पार्टीले कारबाही गरेको थियो ।

४ असोज २०५३ मा एमालेको समर्थनमा संसद्ले महाकाली सन्धिलाई अनुमोदन गरेपछि पार्टी थप विवाद सुरु भएको थियो । एमालेले गौतममाथि कारबाही गर्ने निर्णय गरेपछि २१ फागुन २०५४ मा पार्टी फुटेको थियो ।

महाकाली सन्धिको विरोध गर्ने नेताहरुले साहना प्रधान अध्यक्ष, गौतम महासचिव हुने गरी नेकपा माले गठन गरे । तर, पछि गौतम सहितका केही नेताहरु पुन एमालेमै फर्किएका थिए ।
गौतमले आफूलाई गरिएको कारबाही सम्बन्धित पार्टीको दस्तावेजमा सच्याउन माग गरेका छन् ।
गौतमको माग अनुसार न्याय पार्टीले देला नदेला त्यो भने प्रतिक्षाको बिषय छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ