आज पनि नेकपाको स्थायी समिति बैठकमा सीमा विवादकै बिषयमा नेताले राखे धारणा, स्वास्थ्यको कारण देखाएर बैठकमा बसेनन् ओली

आज पनि नेकपाको स्थायी समिति बैठकमा सीमा विवादकै बिषयमा नेताले राखे धारणा, स्वास्थ्यको कारण देखाएर बैठकमा बसेनन् ओली

  • शनिबार, असार १३, २०७७
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

असार १३ काठमाण्डौं । नेकपाको स्थायी समितिको बैठक आज पनि बस्यो । आजको बैठकमा २१ जना स्थायी समिति सदस्यले सीमा विवाद लगायतका बिषयमा आ आफ्नो धारणा राखेका छन् ।
शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको बैठकमा सीमा अतिक्रमणको एजेन्डामा २१ स्थायी कमिटी सदस्यले धारणा राखेका छन्।

प्रवक्ता नारायणकाजी श्रेष्ठले आज सीमा अतिक्रमण र संविधान संशोधनको विषयमा धारणा राख्ने नेताले भूमी फिर्तासम्म राष्ट्रिय एकता आवश्यक भएकोमा जोड दिएको जानकारी दिए ।

शनिबारको बैठकमा देवेन्द्र पौडेल, सुरेन्द्र पाण्डे, सुवास नेम्वाङ, जनार्दन शर्मा, गिरीराजमणि पोखरेल, रघुजी पन्त, टोपबहादुर रायमाझी, सत्यनारायण मण्डल, युवराज ज्ञवाली, लेखराज भट्ट, प्रदीप ज्ञवाली, मणि थापा, घनश्याम भुसाल, शक्ति बस्नेत, वामदेव गौतम, पृथ्वीसुब्बा गुरुङ, योगेश भट्टई, ईश्वर पोखरेल, विष्णु पुकार श्रेष्ठ र पुष्प कर्णेलले आफ्नो विचार राखेका छन्।

शुक्रबारको बैठकमासमेत सीमा अतिक्रमणकै मुद्दामा १८ नेताले आफ्नो धारणा राखेका थिए। बैठकमा बोल्ने नेताहरुले नक्सा परिवर्तनमा ऐतिहासिक एकता भएको र भूमी फिर्तामा त्यही एकता आवश्यक भएकोमा जोड दिएका छन्।

बैठक दुई दिनपछि असार १६ गते बिहान ११ बजे पुनः बालुवाटारम बस्ने प्रवक्ता श्रेष्ठले जानकारी दिए।

यस अघि हिजोको बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री ओली उपस्थित नभएको बिषयमा आलोचना भएपनि आजको बैठकमा समेत उनी एक छिन बसेर स्वास्थ्यको कारण देखाउदै हिडेका थिए ।
नेकपा मुख्य विवादको बिषय बनेको एमसीसीमा अझै प्रवेश गरेको छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ