असार १३ काठमाण्डौं । दुई दिन अघि निलो रंगको परिचय पत्र जस्तो देखिने कार्ड पूर्व प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष प्रचण्ड, पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल सहित नेकपाका नेताहरु, सांसदहरुले भिरे पछि चर्चा भयो । यो त भाईरस रिमुभिङ कार्ड भनेर चर्चा गरियो । यसको चर्चा बालुवाटारमा नेकपाको स्थायी समितिको बैठकमा समेत भयो । नेताहरुले वानेस्वर स्थित संसद सचिवालयकै ढोका बाहिर पट्टी एक जना सांसदकै छोराले बेचेको सार्वजनिक भएको थियो ।
तर यसको कुनै वैज्ञानिक सच्चाई र प्रमाण विना हल्लाका पछि नेताहरुले नै गलामा भाईरस नलाग्ने कार्ड देखे पछि यसबारेमा सरकारले मुख खोलेको छ ।
स्वास्थ्य मन्त्रालयले निश्चित व्यक्ति र समुहहरुको स्वार्थका कारण यसलाई भ्रम फैलाउने कार्यको संज्ञा दिदै कानुनी कार्बाहीको दायरमा ल्याउन समेत अनुरोध गरेको छ ।
शनिबार मन्त्रालयको नियमित प्रेस ब्रिफिगंमा प्रवक्ता डा. जागेश्वर गौतमले यस्तो भ्रम फैलाएको सुन्ने वित्तिकै मन्त्रालयमा खबर गर्न पनि भनेका छन् ।
गौतमले भने,हालै मात्र भाईरस रिमुभिंग कार्ड पत्ता लागेको यो भिरेमा कोरोना लाग्दैन भन्ने भ्रम फैलाईएको छ । यस्तो कार्ड बनेको छैन । यसको खाँचो सबैलाई छ , यस्तो भएको भए संसारमा किन यति महामारी फैलिन्थ्यो ?
भाईरस रिमुभिंग कार्ड समाजका प्रतिष्ठित व्यक्तिरुको गलामा देखिएकोमा मन्त्रालय ज्यादै चिन्तित भएको पनि गौतमले बताए ।
अझ गंभीर कुरा त नेताले भिरेको देखिएका यस्ता कार्डले मुटु, कलेजो, फोक्सोमा असर गरी गंभीर समस्या उत्पन्न हुने चेतावनी समेत उनले दिए ।
साथै यस्तो भ्रामक कार्डको प्रयोग नगर्न नगराउन पनि सरकारले अपील गरेको छ ।
मन्त्रालयसगैँ विज्ञहरु रहेको भन्दै भाईरस मार्ने कार्ड दुनियालाई चाहिएको तर यस्तो कार्ड बने वा प्रमाणित भए प्रकृया अनुसार मन्त्रालयले नै वितरण गर्ने पनि गौतमले बताए ।
यत्रो देशका प्रधानमन्त्री भईसकेका मान्छे, नेता, सांसदले सरकारको आधिकारीकता र प्रमाणिकता विना यत्रो कार्ड कसरी भिरे भन्ने गंभीर चिन्ताको बिषय बनेको छ ।
यदी यो कार्डले भाईरस लाग्दैन नै थियो भने त्यो सबै भन्दा पहिला बेहाल अवस्थामा रहेका क्वारेन्टाईन, आईसोलेसन र संक्रमण तीव्र भएका क्षेत्रमा पुर्याउनु पर्ने थियो । किन भने यहाँ हरेक दुई दिनमा हजार आसपास संक्रमित थपिरहेका छन् । कारोनाका कारण मृतकको पनि संख्या बढीरहेको छ ।
ख्याल गरौँ भ्रमले सत्यलाई टाढा पुर्याउने र खतरालाई नजिक ल्याउने संभावना बढी नहोला भन्न सकिन्न ।