असार १३ काठमाण्डौं । नेपालमा निरन्तर कोरोना संक्रमित थपिने क्रम जारी छ । यस क्रममा आज देशभरका २३ वटा प्रयोगशालामा भएका परीक्षणमा ५ सय ५४ संक्रमित थपिएका छन् । जस मध्य महिला एक सय २० रहेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार शनिबार मात्र पाँच सय ५४ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १२ हजार तीन सय ९ पुगेको हो । आज रसुवामा समेत संक्रमित फैलिए सगैँ देशको ७७ वटै जिल्लामा कोरोना पुगेको छ ।
थपिएका संक्रमितहरुमा उदयपुरका ७, इलामका ५ , मोरङ २ , धनुषाका ३ , महोत्तरीका ३० , पर्साका २, अछामका १३ , अर्घाखाँचीका १८ , बैतडीका २६, बझाङका ८ , बाजुराका ८६ , बाराका ८ , डडेलधुराका ८, डोटीका ७३, धादिङका ३ , गुल्मीका ८, जाजरकोटका १ , कैलालीका १४, कञ्चनपुरका ५, कपिलवस्तुका ८ , पर्साका १, रसुवाका ९, रौटहटका ३४, सल्यानका १३ , सर्लाहीका ६ र स्याङजाका २६ जना छन् ।
मन्त्रालयका अनुसार शनिबार मात्र १२० महिला ४३४ पुरुष गरेर पाँच सय ५४ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको हो । संक्रमितमध्ये एक हजार तीन सय ६९ महिला र १० हजार नौ सय ४० पुरुष छन् ।
यसअघि रसुवाबाहेक ७६ जिल्लामा मात्र कोरोना पुष्टि भएको थियो । शनिबार रसुवामासमेत कोरोना पोजिटिभ पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
शनिबारसम्म नेपालमा आरडीटी विधिबाट २ लाख ९४ हजार ३४ नमुना परीक्षण भएका छन् । २४ घण्टामा ३ हजार ६८५ आरडीटी परीक्षण भएका छन् । पीसीआर विधिबाट भने हालसम्म २ लाख १० हजार ८७६ परीक्षणहरु गरिएका छन् र २४ घण्टामा ४ हजार ६०६ परीक्षण भएका छन् ।
हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ६५ हजार ७१२ जना रहेका छन् । त्यसैगरी आइसोलेसनमा रहनेको संख्या ९ हजार ४४७ जना रहेको छ ।
नेपालमा हाल सम्म कोरोनाले २८ जनाको मृत्यु भएको छ भने २८ सय बढी डिस्चार्ज भएका छन् ।