काठमाडौँ असार १३ । नेकपा स्थायी समितिको बैठकमा हिजो पनि उपस्थित नभएका प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली आज पनि केहीबेर उपस्थित भएर बाहिरीएका छन् । बैठकमा अध्यक्ष ओली धेरै बेर बस्न नसक्नुको कारण स्वास्थ्य भएको अर्का अध्यक्ष प्रचण्डले जानकारी सदस्यहरुलाई गराएका छन् ।
हिजो उपस्थित नभए पछि चर्को आलोचना भए पछि आज ओली एकै छिन उपस्थित भएका हुन् ।
शनिबार पनि ओली केहीबेरमा निस्किएपछि अर्का अध्यक्ष दाहालले स्वास्थ्यका कारण उनी पूरै समय बैठकमा बस्न नसकेको प्रष्टीकरण सदस्यहरुलाई दिए । प्रधानमन्त्री नै उपस्थित हुने भनेर बालुवाटारमा बैठक राख्दा पनि उनी उपस्थित नभएको भन्दै शुक्रबार केही सदस्यले ओलीले पार्टी कमिटीलाई हेपेको बताएका थिए । बैठकको पहिलो दिन अध्यक्षद्वयले सम्बोधन गर्ने दिन भने ओलीले बैठकमा आफ्नो सरकारका उपलब्धिबारे लामो व्याख्या दिएका थिए । उनले सरकारले धेरै राम्रा काम गरे पनि पार्टीले त्यसको प्रचार गर्न नसकेको गुनासो पनि गरेका थिए । उनी बोल्दै गर्दा अर्का नेता माधव नेपालले ुएकोहोरो आफ्नै बखान नगर्नु भन्दै उनलाई बीचैमा रोक्न खोजेका थिए ।
बहुमत सदस्यहरु ओलीले एमसीसी जसरी पनि पास गर्ने योजनाको बिपक्षमा र सरकारको कामप्रति असन्तुष्ट रहेर आलोचना गरीरहेका कारण पनि उनी असन्तुष्ट हुदै आएका छन् ।