असार १३ चितवन । नेपालमा दिनहुँ कोरोना संक्रमितको मृत्यु हुने क्रम बढेको छ । यस क्रममा चितवनको भरतपुर अस्पतालमा उपचारका क्रममा आज एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । कैलालीको गोदावरी नगरपालिका लालपुरका ५० वर्षीय कोरोना संक्रमितको मृत्यु भएको हो ।
चितवन मेडिकल कलेजमा उपचारका क्रममा रहेका बेला नै ती व्यक्तिमा बिहीबार राति कोरोना संक्रमण पुष्टि भएको थियो । लगत्तै सीएमसीले उनलाई भरतपुरको सरकारी अस्पतालमा पठाएको थियो ।
भरतपुर अस्पतालका अध्यक्ष डा।भोजराज अधिकारीले शनिबार बिहान संक्रमितको मृत्यु र्भएको बताए ।
भरतपुर अस्पतालका चिकित्सक डा।प्रमोद पौडेलका अनुसार संक्रमित व्यक्तिमा अन्तिम अवस्थाको फोक्सोको क्यान्सर थियो । उनलाई खोक्दा पनि रगत आउने समस्या रहेको थियो ।
यस अघि सोही अस्पतालमा एक संक्रमितको मृत्यु भएको थियो ।
योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २८ पुगेको छ ।