असार १२ काठमाण्डौं । बैदेशिक रोजगारीमा गएका धेरै युवाहरुको अहिले खाडी मुलुकबाट नेपाल ल्याउने क्रम चलिरहेको छ । तर पनि टिकटको पैसा आफै तिर्नु पर्ने भए पछि अरु समस्या देखा परेको छ । पैसा हुनेले त टिकटको पैसा तिरेर आउने तर टिकट काट्ने पैसा नभएकाले के गर्ने ?
हो यस्तै समस्याले पिरोलेको छ कतारमा रहेका नवलपुर कावासोती कोईलापानीका मोहम्मद हानिफ मियालाई । उनी २०७६ साल बैशाख दुई गते रोजगारीका लागि कतार पुगेका थिए । तर गएको पाँच दिनमै बिरामी परे । त्यस पछि ८ दिन आईसियुमा बसेर उपचार गरे पछि कम्पनीले दुई महिना रेष्ट दियो । पछि सामान्य हेरचाहको जिम्मेवारी दियो ।
तर अहिले कोरोना पछि त्यही कम्पनी पनि बन्द भयो र उनले रोजगारी गुमाएको चार महिना बित्यो । यता उती मिलाएर उनलाई कम्पनीले नेपाल फर्कने टिकट पनि मिलाईदियो । तर लकडाउन र उडान बन्द भए पछि टिकट काटेर हातमा बोके पनि हानिफ नेपाल आउन पाएनन् । भारतीयद्धारा सञ्चालित फुड स्टपमाa हानिफले काम गर्दै आएका थिए ।
यति सम्म कि उनले अहिले खाना समेत कम्पनीमै काम गर्ने भारतीय साथीहरुकोमा खाईरहेका छन् । उनी सगँै अरु तीन नेपाली रहेका छन् । तिनै भात खुवाउने भारतीय साथीले पनि एम्बेसी जा भन्छ । हानिफसगँ एम्बेसी सम्म जाने पनि पैसा नभएको गुनासो गर्छन् ।
एम्बेसीमा फोन गरेर बल्ल बल्ल उठ्यो भने फारम भर्ने भन्छ, फारम भरे पनि नाम आएन । धेरै जसो दुतावासको फोन नउठ्ने उनको गुनासो छ ।
त्यस पछि उनले उद्धार हुने आशा जीवितै राखे पनि पैसा नभएर दिक्दारीले एकदम पीडा हुने गरको सुनाए ।
अख्तर अस्पतालमा उनको उपचार भएको थियो । उनले उद्धारका लागि धेरैतिर फोन गरीरहेका छन् । तर पहिला काटेको टिकटमा लगिदिनु पैसा छैन भन्दा पनि पैसा नभए यतै बस भन्छन् । यतै मरिन्छ कि के हो ? उनले पीडा सुनाउदै भने म सगँ मर्नकै लागि समेत बिष किन्ने पैसा छैन टिकट कसरी किन्नु , दुतावास कसरी जानु ? जसरी भए पनि उछार गरिदिन उनले सरकारसगँ माग गरेका छन् ।
हानीफ जस्तै रोजगारी गुमेर पैसा नभएका थुप्रै नेपाली समस्यामा पर्ने देखिएको छ । नियमित उडान भन्दा महंगो हुने गरी नेपाल फर्कन बाध्य छन् ।

