हतियार सहित आएको लुटेरा समुहले काभ्रेमा ९० लाखको बोधिचित्त लुट्यो, प्रहरीद्धारा खोजी जारी

हतियार सहित आएको लुटेरा समुहले काभ्रेमा ९० लाखको बोधिचित्त लुट्यो, प्रहरीद्धारा खोजी जारी

  • शुक्रबार, असार १२, २०७७
  • मिर्मिरे अनलाइन

  • 12.2K
    SHARES

असार १२ काभ्रे । अत्याधुनिक हात हतियार सहित आएको लुटेरा समुहले काभ्रेको रोशी ५ मा रहेको बीर बहादुर तामागंको बारीमा रहेको ९० लाख मुल्य बराबरको बोधिचित्त लुटेको छ । हतियारसहित आएको ३० जनाको समूहले वीरबहादुर तामाङको बारीमा रहेको रुखको बोधिचित्त लुटेर फरार भएका छन् ।
बोधिचित्तको सुरक्षाका लागि कुरेर बसेका ५ जनालाई लुटेरा समूहले आक्रमण गरी घाइते बनाई दाना लिएर भागेका थिए । डीएसपी कुमार विक्रम थापाको कमाण्डमा रहेको टोलीले उनीहरुको खोजी गरिरहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बिहीबार राति साढे १० बजे एसएमजी बन्दुक २ थान, पेस्तोल २ थान, कटुवा पेस्तोल १० थान, खुकुरी र सकेट बमसहित आएका उनीहरुले बाटोमा खतरा लेखेर यातायातका साधन चल्न दिएका थिएनन् । उनीहरुले वीरबहादुर र दिलबहादुर तामाङको घरको ढोका फोरी निगरानीको लागि राखिएको सीसीटीभी क्यामेरा तोडेका थिए ।
उनीहरुको आक्रमणबाट तेमाल– ६का ३८ वर्षीय श्याम तामाङ, रोशी–६ का ३० वर्षीय जितबहादुर तामाङ, सोही वडाका २४ शेखर लामा र ४० वर्षीय जितबादुर तामाङ घाइते छन् । उनीहरुको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।
काभ्रेमा पटक पटक किशानको बोधिचित्त लुटिदै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ