एजेन्सी असार ११ । बहुराष्ट्रिय कम्पनी युनिलिभरले अब फेयर अनुहारको गोरोपनमा जोड दिदै मार्केटिगं गरिदै आएको फेयर एण्ड लव्ली फेस क्रिमको विज्ञापनमा अब त्यस्तो दाबी नगर्ने फैसला गरेको छ ।
आउदो साता फेयर एण्ड लव्ली को नामै परिवर्तन गर्ने कम्पनीले जाएको छ । आफ्नो उत्पादन र विज्ञापनमा गोरो या गोरोपनको शब्दको प्रयोग समेत नगर्ने घोषणा गरेको छ ।
कम्पनीको ब्युटी तथा पर्सनल केयर डिभिजनकी प्रमुख सनी जैनले स्कीन केयरको ग्लोबल पोर्टफोलियो प्रति कम्पनी समर्पित रहेको भन्दै यसले सबै खालको स्कीन टोन्सलाई ख्याल गर्ने बताईन् । उनले ह्वाईट र लाईट जस्ता शब्दले सुन्दरताको एकतर्फी बयान गर्ने भन्दै यसलाई ध्यान दिईएको बताइन् ।
भारत, नेपाल, बंगलादेश सहित विभिन्न एशियाली मुलुकमा बिक्री हुने यस्ता प्रकारका विज्ञापनमा मे २५ मा अमेरीकी काला नागरिक जर्ज फ्लेईडको प्रहरीले अत्याचारपूर्ण हत्या पछि विश्वभर ब्लाक लाईभ म्याटर आन्दोलन अन्तर्गत ंसारभरी आलोचना हुद ैआएको थियो ।