५० लाख र १० तोला सुन चिट्ठा पर्यो भन्दै करोड बढी ठगी गर्ने भारतीय र नेपाली सहित सात पक्राउ

५० लाख र १० तोला सुन चिट्ठा पर्यो भन्दै करोड बढी ठगी गर्ने भारतीय र नेपाली सहित सात पक्राउ

  • बिहिबार, असार ११, २०७७
  • मिर्मिरे अनलाइन

  • 21K
    SHARES

काठमाडौं, असार ११ । सामाजिक सञ्जालको प्रयोग गरेर तपाईलाई ५० लाख रुपैया र १० तोला सुन पर्यो भन्दै सर्वसाधारणसँग उल्टै एक करोडभन्दा बढी ठगी गर्ने भारतीय र नेपाली गरी सात जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई आज सार्बजनिक गरिएको हो ।

पक्राउ पर्नेहरुमा झापाको भद्रपुर नगरपालिकाका २४ वर्षीय पुकार वर्मा, काभ्रेको सिम्थलीका २२ वर्षीय नवीन भण्डारी, रौतहटको गौर नगरपालिकाका १९ वर्षीय आकाश अग्रवाल र एस अग्रवाल रहेका छन् ।

त्यसैगरी, भारतको पश्चिम चम्पारण, बिहार, सेनवरिया घर भइ काठमाडौं टंकेश्वर बस्ने २२ वर्षीय एमडी सर्फराज, पर्साको वीरगन्जका ३० वर्षीय कृष्णप्रसाद साह र २० वर्षीय सुनील साह रहेको प्रहरीले जनाएको छ ।

उनीहरुलाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले पक्राउ गरी बिहीबार सार्वजनिक गरिएको हो ।

उनीहरुले सामाजिक सञ्जाल भाइबर, फेसबुक, ह्वाट्सएप र इमोमार्फत् ५० लाख रुपैयाँ र १० तोला सुन चिट्ठा परेको भन्दै प्रलोभन देखाएर ठगी गरेको प्रहरीले जनाएको छ ।

‘महँगो चिट्ठा परेको र उक्त पुरस्कार लिन करवापतको रकम तिर्नू’ भन्दै विभिन्न खातामा रकम जम्मा गर्न लगाएर ठगी गरेको प्रहरीले जनाएको छ ।
उनीहरुले भारतीय गिरोहसँग मिलेर काम गर्ने गरेको खुलासा समेत गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ