कोरोना संक्रमणले मृत्यु भएकाको शब व्यवस्थापनमा तनाब पछि प्रहरीद्धारा ८ राउण्ड हवाई फायर

कोरोना संक्रमणले मृत्यु भएकाको शब व्यवस्थापनमा तनाब पछि प्रहरीद्धारा ८ राउण्ड हवाई फायर

  • बिहिबार, असार ११, २०७७
  • मिर्मिरे अनलाइन

  • 11.9K
    SHARES

पोखरा, असार ११ । कोरोना संक्रमणका कारण मृत्यु भएका स्याङ्जाका ५५ वर्षीय पुरुषको शव व्यवस्थापन गर्ने क्रममा तनाब हुदा प्रहरीले ८ राउण्ड हवाई फायर गरेको छ ।
डोजरले खाल्डो खनेर व्यवस्थापन गर्न खोजिए पछि स्थानीयले बिरोध गरेका थिए ।
स्थानीयले प्रहरी चेकपोस्टमा ढुंगामुडा समेत गरेका थिए । मजुवामा रहेको सातपत्रे घाटमा शव गाडिएको विरोधमा स्थानीयले कास्की र तनहुँको सीमामा राखिएको अस्थायी प्रहरी चेक पोस्टमा आक्रमण गरेका थिए ।
त्यस पछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको हो ।

स्थानीयको विरोधकाबीच पोखरा महानगरपालिका–३२ मा शव व्यवस्थापन गरिएको पोखरा महानगरका सूचना अधिकारी भरतराज पौडेलले जानकारी दिनुभयो ।

त्यसक्रममा प्रहरीले आठजना स्थानीयलाई नियन्त्रणमा लिएको छ ।

उपचारका लागि यही असार ८ गते पोखरा ल्याइएका स्याङ्जाको आँधीखोला गाउँपालिका, सिरुबारीका कोरोना संक्रमित पुरुषको बुधबार मध्यराति मृत्यु भएको थियो ।

मधुमेह र निमोनियाबाट ग्रस्त ती पुरुषलाई श्वास–प्रश्वासमा समस्या भएपछि पोखरा ल्याएर भेन्टिलेटरमा राखिएको थियो ।

पहिलो मृतकको शव व्यवस्थापन गर्दापनि पोखरामा प्रहरी र स्थानीयबीच झडप भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ