नेपालमा एक घण्टा ३३ मिनेटमा एक जनाले आत्महत्या गर्दै, कसरी रोक्ने आत्महत्या ?

नेपालमा एक घण्टा ३३ मिनेटमा एक जनाले आत्महत्या गर्दै, कसरी रोक्ने आत्महत्या ?

  • बुधबार, असार १०, २०७७
  • मिर्मिरे अनलाइन

  • 36.9K
    SHARES

असार १० काठमाण्डौं । नेपालमा पछिल्लो समय कोरोना महामारी, आर्थिक संकट , सामाजिक समस्या आदिका कारणले आत्महत्या गर्नेको संख्या निकै बढेको देखिएको छ । नेपाल जस्तो सानो र कम जनसंख्या भएको मुलुकमा दैनिक १८ जना सम्मले आत्महत्या गरीरहेको पाईएको छ । कोरोना भन्दा अघि दैनिक १५ जना सम्मले आत्महत्या गर्ने गरेका थिए । अहिलेको दैनिक मृत्युको समयका हिशाबले प्रत्यक एक घण्टा ३३ मिनेटमा एक जनाले आत्महत्या गर्ने गरेको देखिएको छ ।
जुन कोरोना भन्दा अघिको भन्दा २० प्रतिशतले बढी भएको त्रिवि शिक्षण अस्पतालका मनोचिकित्सक प्रा.डा.सरोज प्रसाद ओझाले बताए । डां ओझाका अनुसार आत्महत्या गर्नेमा अझ बढी संख्या १५ देखि ४० बर्षका उमेरको बढीरहेको बताए ।
कोरोना अघि भारतमा प्रत्यक दुई मिनेटमा एक जना र अमेरीकामा प्रत्यक ११ मिनेटमा एक जना र संसारमा प्रत्यक ४० सेकेण्डमा एक जनाले आत्महत्या गर्ने गरेको डा. ओझाले बताए ।
आखिर किन बढ्यो आत्महत्या ?
क्वारेन्टाईनमा बस्दा, आईसोलेसनमा बस्दा, घर घरमा लकडाउनमा बस्दा मनोसामाजिक समस्याका कारण र आर्थिक, सामाजिक समस्या आदिका कारणले आत्महत्या बढेको डा. ओझाले बताए ।
खास गरी मानसिक तनाव झेल्न नसकेर, डिप्रेसन बढेर आवेसमा आएर मनोविज्ञानमा जीवन बाँच्नुको सार्थकता छैन, म पृथ्वीको भार भैसके, मरे भने अरुलाई भार पर्दैन कि भनेर मान्छे आत्महत्या गर्ने दिशातिर जाने गरेको उनको तर्क छ ।
कसरी रोक्ने आत्महत्या ?
विश्व स्वास्थ्य संगठन सहित सबै राज्यहरुले अहिले कोरोना संकट पनि मनोसामाजिक समस्याको बारेमा अध्ययन गरीरहेको र नेपालमा पनि यो अवस्था देखा परीरहेको छ । अहिले बढी युवाहरु नै आत्महत्या गर्न लागिरहेको अवस्था देखिएकाले एन्जाइएटी डिसअर्डर र डिप्रेसनको कुरालाई ध्यान दिएर मनोसामाजिक अभियानमा ध्यान दिनु पर्ने विज्ञहरुले सुझाएका छन् ।
साथै आर्थिक, सामाजिक समस्याहरुलाई समेत आत्महत्याको कारण मानिदै आएकामा त्यस तर्फ समेत राज्यले ध्यान दिनु पर्ने देखिन्छ ।
मनोविज्ञान कमजोर भएका बेला मान्छेले आत्महत्याको तयारी गर्ने भन्दै त्यस्तो लक्षण देखिएकालाई तनाव कम गर्न सहयोग गर्नु, उनीहरुको मनको कुरा बाहिर बोल्न दिएर, मनोचिकित्सकहरु सम्म पुर्याएर परामर्श विधिबाट उपचार गरियो भने पनि आत्महत्याबाट बचाउन सकिने डा. ओझाको तर्क छ ।
एकले अर्कालाई सहयोग गर्ने, रोगसगँ लड्न सक्ने क्षमता नेपालीमा कम भएको र सद्भाव बढी भएकाले बिपन्न, बरोजगारीले समस्यामा परेकाहरुलाई सहयोग गरेर सद्भाव देखाएर पनि यस्ता घटनामा कमी ल्याउन सकिने उनको तर्क छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी