को को जादैछन् राष्ट्रपतिको रात्रिभोजमा ?

को को जादैछन् राष्ट्रपतिको रात्रिभोजमा ?

  • बुधबार, असार १०, २०७७
  • मिर्मिरे अनलाइन

  • 22K
    SHARES

असार १० काठमाण्डौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरुसगं आज साँझ छलफल गर्ने भएकी छन् । त्यसका लागि नेताहरुलाई आज साझँ शीतल निवास निम्त्याईएको छ ।
यस छलफलमा उपराष्ट्रपति, प्रधानमन्त्री, पूर्व प्रधानमन्त्री, सभामुख सहितलाई बोलाईएको छ ।
नक्सा ससोधन विधेयक पारीत सर्वसम्मत भए पनिा नागरिकता विधेयकमा देखिएको फरक मत, समसामयिक स्थिति, कोरोना नियन्त्रण जस्ता बिषयमा छलफल हुने बताईएको छ । छलफल साँझ ५ बजे पछि हुने छ ।

सरकारले कोरोना महामारी र लकडाउनका कारण लकडाउनको समयमा भोज भतेरमा १५ जना भन्दा बढी भेला हुन नपाउने भनेर उर्दी जारी गरे पनि आज राष्ट्रपति कार्यलयमा दर्जनौ नेताहरु एकै ठाँउ भेला हुने क्रम शुरु भएको छ ।
साझँ ५ बजेदेखि राति ८ बजे सम्मका लागि तय भएको सामुहिक छलफल र भोजमा उपराष्ट्रपति , प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, पूर्व प्रधानमन्त्रीहरु , संसदमा प्रतिनिधित्व गर्ने सबै दलका शीर्ष नेता सामेल हुदै छन् ।
यसै गरी नेकपाका स्थायी समितिका सदस्यहरुलाई समेत निम्तो गएको बुझिएको छ ।
करीब सय जना जति नेताहरुले आज राष्ट्रपति कार्यलयमा छलफल पछि खानपिन पर्ने गर्ने तयारी गरिएको छ ।
यसै गरी मन्त्रीहरु सहित लाई पनि यस छलफल र भोजमा निम्तो दिईएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ