काठमाडौं असार १० । चौतर्फी रुपमा विवादीत बनेको अमेरीकी मेलिनियम च्यालेन्ज कर्पोरेसन ( एमसीसी ) का बिषयमा छलफल गर्न नेकपा स्थायी समितिको बैठक आज बोलाईएको छ ।
पार्टी भित्र एमसीसीका बिषयमा सहमति नभएका कारण पटक पटक धकेलिदै आएको बैठक आज बोलाईएको हो ।
एमसीसी अनुमोदन गर्नु पर्ने समय असार १६ मा सकिन लागेकाले अब स्थायी समितिको बैठकले असार १५ भित्र पारीत हुन नसके समय माग्ने बिषयमा छलफल गर्ने एक स्थायी समिति सदस्यले जानकारी दिए ।
प्रधानमन्त्री निवास वालुवाटारमा ६ महिनापछि वोलाइएको स्थायी समितिको ठोस एजेन्डासमेत तय हुन सकेको छैन । वैठकमै छलफल पछि एजेण्डा तय गरिने समझदारीपछि स्थायी समिति वैठक वस्न लागेको एक नेताले जानकारी दिए ।
यसअघि मंगलवार दुई अध्यक्ष प्रधानमन्त्री केपी ओली, पुष्पकमल दाहाल, उपाध्यक्ष बामदेव गौतम, महासचिव विष्णु पौडेल र स्थायी समिति सदस्य जर्नादन शर्मावीच भएको छलफलमा यसबारे सहमति हुन सकेको थिएन ।
पार्टीले गठन गरेको झलनाथ खनाल नेतृत्वको कार्यदलले एमसीसीका विवादीत वुदाहरु शसोधन गरेर मात्रै एमसीसी पारीत गर्नु पर्ने सुझाव दिए पछि पनि अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली जसरी पनि पारीत गराउने तयारीमा लागे पछि अन्य नेताहरु असन्तुष्ट हुदै आएका छन् । सचिवालय र स्थायी समिति एवं तल्लो समितिका अधिकाश नेताहरु एमसीसी परिमार्जन विना पारीत गर्न नहुने पक्षमा रहेका छन् ।
एमसीसी जबरजस्ती पारीत गराउदा पार्टी भित्र दुर्घटना हुने भन्दै सहमतिमा परिमार्जन गरेर जानु पर्ने दबाब बढीरहेको छ ।
नेकपाभित्रै यो सम्झौता विवादमा परेपछि अध्ययनका लागि गत माघ १५ देखि १९ सम्म वसेको केन्द्रीय समिति वैठकले वरिष्ठ नेता झलनाथ खनालको नेतृत्वमा स्थायी समिति सदस्य भीम रावल र परराष्टमन्त्री प्रदीप ज्ञवाली सदस्य रहेको अध्ययन कार्यदल बनाएको थियो।
कार्यदलले सम्झौता परिमार्जनविना संसदवाट अनुमोदन गर्न नहुने सुझाव दिएपछि प्रधानमन्त्री ओलीमाथि दबाब बढेको थियो ।
एकातिर सडकमा पनि एमसीसी बिरुद्ध प्रदर्शन हुदै आएको छ भने पार्टी भित्र पनि अधिकाश सदस्यहर परिमार्जन बिना पारीत गर्न नहुने पक्षमा रहेकाले नेकपा संकटमा परेको छ ।
तर अब एमसीसीका लागि समय थप माग्ने गरी आजको बैठकमा छलफल हुन सक्ने ती सदस्यले बताए ।
एमसिसिलगायत विषयमा छलफल गर्न स्थायी समिति वैठकको मिति तोकेपछि आइतबारयता लगातार तीन दिन अध्यक्षद्वय ओली र दाहालवीच छलफल भइरहेको छ। तर, समझदारी जुटन नसकेपछि महासचिव विष्णु पौडेलले वीचको वाटो पहिल्याउन नेताहरुलाई सुझाएको स्रोतले जनायो। महासचिव पौडेलले कुनै एउटा पोजेक्टलाई प्रतिष्ठाको विषय वनाएर पास र फेल गर्ने भन्दा पनि मध्यमार्गी वाटोवाट जानुपर्ने धारणा राखेका थिए।