कञ्चनपुरका युवा विद्यार्थीले भने– ‘देश बेच्न पाईदैन, राष्ट्रघाती एमसीसी सम्झौता चाहिदैन’

कञ्चनपुरका युवा विद्यार्थीले भने– ‘देश बेच्न पाईदैन, राष्ट्रघाती एमसीसी सम्झौता चाहिदैन’

  • मङ्लबार, असार ९, २०७७
  • डम्मर राज भट्ट

  • 19.7K
    SHARES

कञ्चनपुर, ९ असार  । अमेरिकन सहयोग मेलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) राष्ट्रघाती सम्झौता भएको भन्दै खारेजीको माग अघि सारेर कञ्चनपुरको महेन्द्रनगरमा प्रर्दशन गरिएको छ । कञ्चनपुरका युवा विद्यार्थी एव महिलाले एमसीसी राष्ट्रघाती सम्झौता भएकाले खारेजीको माग गरेर यहाँका युवा विद्यार्थीले बिरोध प्रर्दशन गरेका हुन् ।
संसदबाट राष्ट्रघाती सम्झौता पास गर्न नहुने भन्दै बिरोध प्रर्दशन गरिएको कञ्चनपुरका विद्यार्थी युवा नेता किशोर भट्टले बताए । उनका अनुसार प्लेट कार्ड सहित प्रर्दशन गरिएको छ । ‘देश बेच्न पाईदैन, राष्ट्रघाती सम्झौता चाहिदैन, भनेर प्रर्दशन गरिएका छन् ।
स्वतन्त्र युवा एव विद्यार्थीले एमसीसी नेपालका लागि घातक भएकाले उक्त सम्झौता खारेजीको माग गरिएको छ । ‘यो एमसीसी सम्झौता देश र जनताको हितविपरित छ, ‘उनले भने, ‘पैशा देखेर विष निम्त्याउनु छैन् ।’


सरकारले एमसीसी सम्झौता पारित गर्नुभन्दा अध्ययन गर्नुपर्नेमा उनले जोडदिए । एमसीसी बिरुद्ध बिहीबारदेखि चरणबद्ध आन्दोलन गरिने उनले बताए । प्रशासन मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदेखि सिटी जुलुस गरिने उनले बताए । ‘हामी अब निरन्तर आन्दोलन गछैँ, ‘उनले भने, ‘खारेजी नहुन्जेलसम्म सडक तताउँछौँ ।’ स्वतन्त्र युवा तथा विद्यार्थी सहितले एमसीसी बारे गम्भिर हुन सरकारसंग आग्रह गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ