नागरिकता विधेयक नसच्याए सडक र सदनमा आन्दोलन चर्काउछौंःसांसद यादव (भिडियोसहित)

नागरिकता विधेयक नसच्याए सडक र सदनमा आन्दोलन चर्काउछौंःसांसद यादव (भिडियोसहित)

  • मङ्लबार, असार ९, २०७७
  • मिर्मिरे अनलाइन

  • 19.3K
    SHARES

काठमाण्डौं  ९ असार । सांसद प्रदिप यादवले मधेशमाथिको सड्यन्त्र नरोकिए सडक र सदनमा आन्दोलन चर्काउने चेतावनी दिएका छन् ।
प्रतिनिधिसभाको मंगलवारको बैठकमा बोल्दै उनले नेपाली पुरुषसगँ बिबाह गरेर आउने बिदेशी महिलालाई ७ बर्षपछि मात्रै नागरिकता दिने गरि पारित गरिएको नागरिकता विधेयक मधेशको जग्गा जमिन नेपालको तर त्यहाँ बस्ने मधेशी नागरिक भारतीय हुन भने जस्तो अनुभूति गराउने गरी आएको भन्दै सच्याउन माग गरे ।
सांसद यादवले नेपालमा बिबाह गरेर आउने भारतीय चेलीबाट देशमा कुन दुर्घटना गरे भनी प्रश्न गर्दै नेपाल र भारत निर्माण हुनु भन्दा अघि देखि नै मधेश र भारतको बिहार र उत्तर प्रदेशको सम्बन्ध युगौदेखिको रहेको भन्दै यो बिधेयकले त्यसमाथि प्रहार गरेको बताए ।
मधेशीमाथि लक्षित गरेर नेकपाको सरकारले पेलिरहेको र यसले मधेश, पहाड, हिमालको जुन राष्ट्रिय एकताको सन्देश दिन खोजिएको तर यस्तो प्रकारले राष्टिूय एकता हुन नसक्ने र कसैलाई मारेर मधेशको मुद्धा मर्न नसक्ने यादवले बताए ।
“विना नागरिकता सिमकार्ड पाईदैन, विना नागरिकता बैंकमा खाता पनि खुल्न सक्दैन, लोकसेवामा फारम भर्न सकिदैन, आउदा दिनमा पानी समेत नागरिकता विना पाउन नसक्ने अवस्था छ, एक बर्षमा बच्चा जन्मिन्छ , अनि सात बर्ष कसरी चल्छ ? ” यादवले भने ।
भिडियो हेर्नुस्ः

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ