कर्णाली प्रदेशसभाद्वारा दुई विधेयक पारित

कर्णाली प्रदेशसभाद्वारा दुई विधेयक पारित

  • सोमवार, असार ८, २०७७
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

सुर्खेत ,८ असार । कर्णाली प्रदेशसभाबाट आज दुई विधेयक पारित भएका छन् । कर्णाली प्रदेशसभाको छैटौँ अधिवेशनको २०औँ बैठकले ‘सार्वजनिक र निजी क्षेत्रको साझेदारी सम्बन्धमा व्यवस्था गर्न विधेयक, २०७५ र ‘वातावरण संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६’ सर्वसम्मतिले पारित गरेको हो ।

सभामुख राजबहादुर शाहीले विभागीय मन्त्रीलाई विधेयक पारित निम्ति सभासमक्ष प्रस्तावका लागि समय दिएसँगै कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले ‘सार्वजनिक र निजी क्षेत्रको साझेदारी सम्बन्धमा व्यवस्था गर्न विधेयक, २०७५ र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले कर्णाली प्रदेशको ‘वातावरण संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६’ लाई समितिको संशोधन प्रतिवेदनसहित पारित गरियोस् भनी सभासमक्ष प्रस्ताव गर्नुभएको थियो ।

मन्त्रीद्वय ज्वाला र बुढाले सभामा विधेयक पारितका लागि प्रस्ताव गरेसँगै ‘सार्वजनिक र निजी क्षेत्रको साझेदारी सम्बन्धमा व्यवस्था गर्न विधेयक, २०७५ र ‘वातावरण संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६’ आज सर्वसम्मतिले पारित भएका छन् । सभाको अर्को बैठक यही असार १० गते अपराह्न ३ः०० बजेसम्मका लागि स्थगित भएको सभामुख शाहीले सूचित गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ