असार ८ कैलाली । विप्लव नेतृत्वको नेकपाका बाजुरा जिल्ला ईन्चार्ज भुपेन्द्र बि.क.( एन्डीज) लाई प्रहरीले कैलालीबाट पक्राउ गरेको छ । उनलाई कैलालीको बडैपुरबाट हिजो पक्राउ गरिएको भन्दै नेकपाको सेतीमहाकाली ब्युराले यथाशीघ्र रिहाई गर्न माग गरेको छ ।
ब्युरो ईन्चार्ज निर्माणले आज एक विज्ञप्ति जारी गरी सिङ्गो देश कोरोना महामारीका बिरुद्ध जुझिरहेको बेला थोरै पनि मानवीय संवेदनालाई ख्याल नगरी ईन्चार्ज एण्डिजलाई गिरफ्तार गरिएको भन्दै भत्र्सना गरेका छन् । भारतबाट आउने क्रममा लकडाउनका कारण कैलालीमा बसेका बेला उनलाई पक्राउ गरिएको र यो मानवता विरोधी कार्य भएको ईन्चार्ज निर्माणको विज्ञप्तिमा उल्लेख छ ।
बिकलाई झुट्टा मुद्धा लगाएर गिराफ्तारीलाई निरन्तरता दिएमा पार्टीले कडा जवाफ दिन बाध्य हुने र त्यसको जिम्मेवारी स्वयं ओली सरकारले लिनु पर्ने निर्माणले चेतावनी दिएका छन् ।