समाजवादीद्धारा सरीता गिरीको बिषयमा छानविन गर्न तीन सदस्यीय समिति गठन

समाजवादीद्धारा सरीता गिरीको बिषयमा छानविन गर्न तीन सदस्यीय समिति गठन

  • सोमवार, असार ८, २०७७
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

असार ८ काठमाण्डौं । राष्ट्रियता विरुद्ध विवादित अभिव्यक्ति दिएर विवादमा परेकी जनता समाजवादी पार्टीकी सांसद सरीता गिरीले पार्टी र ससदीय दलले दिएको निर्देशन अटेर गरेको विषयमा छानविन गर्न तीन सदस्यीय समिति बनाएको छ ।
आज गठन गरिएको उक्त समितिका संयोजक राम सहाय यादव रहेका छन् भने सदस्यमा मोहम्मद ईस्तियाक राई र शुसीला श्रेष्ठ रहेका छन् ।
पार्टीका एक केन्द्रीय सदस्यले समितिले सबै अध्ययन प्रतिवेदन दिए पछि कार्बाही सम्बन्धि निर्णय हुने बताए । समितिले स्पष्टीकरण लिएर प्रतिवेदन तयार पार्ने उनले बताए ।

उनको स्पष्टीकरण चित्तबुझ्दो नभए संसद र पार्टी दुबैबाट कार्बाही गर्ने तयारी पार्टीले गरेको छ ।
गिरीले नेपालको कालापानी, लिपुलेक, लिम्पियाधुरा सहितको नक्सा परिवर्तन गर्नका लागि सरकारले ल्याएको संविधान शसोधनको बिरुद्ध ससोधन प्रस्ताव दर्ता गरेकी थिईन् । समाजवादीको संसदीय दलले ७२ घण्टे अल्टिमेटम दिदै प्रस्ताव फिर्ता लिन भने पनि गिरीले फिर्ता नलिए पछि उनीमाथि कार्बाहीको दबाब बढेको छ ।
नेपालले नक्सा जारी गर्दा भारतलाई सोध्नु पर्ने ससदमा अभिव्यक्ति दिए पछि देखि नै उनको आलोचना हुदै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ