प्रदेश १ बाट २३ जना कोरोना संक्रमित निको भएर घर फर्किए

प्रदेश १ बाट २३ जना कोरोना संक्रमित निको भएर घर फर्किए

  • सोमवार, असार ८, २०७७
  • मिर्मिरे अनलाइन

  • 12.2K
    SHARES

विराटनगर ८ असार । प्रदेश १ बाट आज २३ जना काेराेना संक्रमित निकाे भएर घर फर्किएका छन् । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट १० र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट १३ जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

आज डिस्चार्ज भएकामा ४ महिला र १९ पुरुष रहेका छन् । डिस्चार्ज हुनेमा मोरंगका १३, उदयपुरका ४, सुनसरी ३, झापा २ र ते¥हथुमका १ जना रहेका छन् । प्रदेश १ मा संक्रमितको संख्या ४ सय ६४ पुगेको छ । आज सम्म २ सय ५८ जना डिस्चार्ज भएका छन् ।१ सय ९० जना उपचाररत रहेका छन् ।

कोशी कोभिड विराटनगरमा २३, पूर्वाञ्चल विश्वविद्यालय आईसोलेसन केन्द्र सुन्दरहरैचामा ९८, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ६४, उदयपुरको चौदण्डीगढी आईसोलेसन केन्द्रमा ५ जनाको उपचार भईरहेको छ । आज संक्रमण देखिएकाको व्यवस्थापनको काम भईरहेको मन्त्रालयले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ