एकै दिन आज ५ सय ३५ संक्रमित थपिए, कुल ९ हजार ५ सय ६१ पुग्यो

एकै दिन आज ५ सय ३५ संक्रमित थपिए, कुल ९ हजार ५ सय ६१ पुग्यो

  • सोमवार, असार ८, २०७७
  • मिर्मिरे अनलाइन

  • 10.2K
    SHARES

असार ८ काठमाण्डौं । नेपालमा निरन्तर कोरोना संक्रमण बढ्ने क्रम जारी छ । यसै क्रममा पछिल्लो २४ घण्टामा ५ सय ३५ जना संक्रमित थपिएका छन् । यो सगैं नेपालमा कुल संक्रमितको संख्या ९ हजार ६ सय ६१ पुगेको छ ।आज थपिएका मध्य ७४ महिला रहेका छन् । यसै गरी ४ सय ६१ पुरुष रहेका छन् । रसुवा बाहेक नेपालका सबै ७६ जिल्लामा कोरोना संक्रमण फैलिएको छ ।

नयाँ संक्रमितहरु मध्ये झापाका ३ , मोरङका १२, सप्तरीका १५ , धनुषाका १० , महोत्तरीका १,अछामका २ ,अर्घाखाँचीका ९ , बैतडीका १४ , डडेलधुराका १५, डोटीका ७ , गुल्मीका ५६ , जाजरकोटका १ , कैलालीका ५८ , नवलपरासीका ५ , सर्लाहीका ४७ ,सिन्धुपाल्चोकका २ , सिरहाका २३, स्याङजाका ३३ , पाल्पाका ९०, प्युठानका ३०, रौटहटका ३४ , रुपन्देहीका १० , चितवनका ५ , नवलपरासी पूर्वका २४ , ओखलढुंगाका १ , तनहुँका ११ र दाङका १३ जना रहेका छन् ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेस्वर गौतमका अनुसार सातै प्रदेशका २४ वटा प्रयोगशालामा भएको सात हजार बढीको पिसिआर परीक्षणका क्रममा ती संक्रमित भेटिएका हुन् ।
नेपालमा कोरोनाका कारण हाल सम्म २३ जनाको मृत्यु भईसकेको छ भने २ हजार १ सय ४२ डिस्चार्ज भएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ