तीन दिन अझै पानी पर्ने देशभर बाढी र पहिरोको जोखिम बढ्दै

तीन दिन अझै पानी पर्ने देशभर बाढी र पहिरोको जोखिम बढ्दै

  • सोमवार, असार ८, २०७७
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

असार ८ काठमाण्डौं । मनसुन सक्रिय भएसँगै काठमाडौँ उपत्यका सहित देशको अधिकांश स्थानमा वर्षा भइरहेको छ ।

नेपालको पूर्वी भू–भागबाट प्रवेश गरेको मनसुन देशैभर फैलिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आगामी तीन दिन देशभर बदलीसहित वर्षाको सम्भावना रहेको, वर्षासँगै मौसमी गतिविधि बढ्ने हुँदा आवश्यक सतर्कता र पूर्वतयारी अपनाउन महाशाखाले अनुरोध समेत गरेको छ ।

प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का एक –दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको महाशाखाका मौसमविद् विभूति पोखरेलले जानकारी दिनुभयो । । देशको धेरै जसो स्थानहरुमा गएरातिदेखि नै हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकामा ४० मिलिमिटर वर्षा भएको छ । त्यस्तै पोखरामा ६।५, धनगढीका १।२, नेपालगञ्जमा ३३।०, जुम्लामा ३।८ र धनकुटामा ५।६ मिलिमिटर वर्षा भएको छ ।
यो निरन्रतको बर्षाका कारण तराईका विभिन्न जिल्लामा बाढीको जोखिम बढेको छ भने पहाडी जिल्लाहरुमा पहिरोको जोखिम बढेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ