सडकमा तेरो औकात देखाउछु भन्दै चप्पल खोलेर वकिलमाथि हान्ने उपमेयर कोली बिरुद्ध कार्बाहीको माग

सडकमा तेरो औकात देखाउछु भन्दै चप्पल खोलेर वकिलमाथि हान्ने उपमेयर कोली बिरुद्ध कार्बाहीको माग

  • सोमवार, असार ८, २०७७
  • मिर्मिरे अनलाइन

  • 24.3K
    SHARES

असार ८ । बैतडीको पाटन नगरपालिकामा खानेपानीको विषयमा निवेदन लेखेकै आधारमा कानुन व्यवशायी नारायणदत्त पन्तमाथि चप्पल प्रहार गर्ने बैतडीको पाटन नगरपालिकाकी उपप्रमुख सरस्वती कोलीमाथि कार्बाहीको माग बढेको छ । असार ४ गते उक्त घटना भएको थियो ।
स्थानीय सरकारको न्यायिक समितिले दर्ता गर्न नमानेको खानेपानीे विवादको मुद्दा इलाका प्रहरी कार्यालयमा दर्ता गरेपछि निवेदन लेख्ने पाटन उच्च अदालत ललितपुर बार एसोसिएनका सदस्य नारायणदत्त पन्तमाथि चोकमै चप्पल प्रहार गरेपछि नेपाल बार एसोसिएसन लगायतले विज्ञप्ति जारी गरी कार्बाही माग गरेका छन् । पन्त ललितपुर बारका सदस्य हुन् । उनी गत चैत्रमा बैतडी गएका थिए ।
नारायण दत्त पन्तले लेखेको निदेवनमा उल्लेख भए अनुसार असार ४ गतेका दिन खानेपानीको पाईप काटिएको बिषयमा ईलाका प्रहरी कार्यलयमा पक्ष र बिपक्षबीच छलफल चलिरहेको थियो । त्यही बेला वकिल पन्तलाई पनि बोलाईएको थियो ।
त्यसै छलफलमा थिईन् उपमेयर कोली पनि । त्यही बेला वकिल पन्तले कानुनका कुरा सुनाउदै मात्र के थिए । उपमेर कोली जगिंईन् । वकिललाई कसले बोलाएको ? यस्ता कुकुर वकिलको काम छैन भन्दै उनी आक्रोसित बनिन् । उनले तपाई थाहा छ ? म निर्णय र न्याय गर्ने व्यक्ति हुँ । यति उपमेयरको खप्की सुने पछि वकिल पन्तले म त सर्वोच्चको न्यायधीशको हैसियत राख्छु भन्दै उनले गालीगलोज गरेको र आफूले त्यसरी गाली नगर्नुस् , तपाई त नेता पनि हो सडकमा जस्तो यहाँ नबोलनुस् भनेका मात्रै के थिए । उपमेयर कोलीले ल हिड् सडकमा तलाई तेरो औकात देखाउछु भन्दै सडकमा गए पछि चप्पल खोलेर हानेकी थिईन् ।
त्यस पछि छलफलमै उपमेयरका पति रमेश कोलीले पनि पन्तलाई तह लगाउने धम्की दिएका थिए ।
पन्तले बार एसोसिएन सहितमा निवेदन दिएका छन् भने कानुनी उपचारको लागि अदालत जाने बताएका छन् ।
खानेपानीको विवादको बिषयमा निवेदन लेखिदिएका भरमा कोलीले कानुन व्यवशायीमाथि यत्रो दुरव्यवहार गरे पछि नेपाल बार एसोसिएसन , उच्च अदालत बार एसोसिएसन लगायतकोले विज्ञप्ति निकालेर कानुन व्यवशायीमाथि दुरव्यवहार गर्ने उपमेयर कोलमिाथि कार्बाहकिो माग गरेका छन् ।

गत जेठ २३ गते पाटन नगरपालिका–३, गुजर गाउँकी राधा विष्टले १५ वर्षदेखि उपभोग गर्दै आएको खानेपानी मुहानको पाइप अचानक काटिए पछि त्याहाँ बिबाद बढेको थियो ।
वकिल पन्तको निवेदन हेर्नुस् :

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ