बारा, ७ असार । नेपालीसँग बिबाह गर्ने बिदेशी महिलालाई ७ वर्षपछि मात्रै अंगीकृत नागरिकता दिने प्रावधान बिरुद्ध नेपाली कांग्रेस बाराले विराेध प्रदर्शन गरेकेा छ ।
प्रस्तावित नागरिकता संशोधन बिरोध प्रदर्शनपछि कलैया भरत चोकमा आयोजित कोणसभालाई सम्बोधन गर्दै केन्द्रीय सदस्य यादवले विवाहको ७ वर्षपछि ल्याइएको विधेयकले बिदेशी बुहारीका छोरोछोरीलाई पढानपाउनु पर्ने नैसर्गिक अधिकारीमाथि दमन गर्ने खोजेको आरोप लगाउनुभयो।
उहाँले याे प्रावधानले भारतसंग रहेको रोटीबेटी सम्बन्धलाई विगारेकेा बताउनु भयाे ।
कांग्रेसका केन्द्रिय सदस्य एवंम पूर्व सांसद राधेचन्द्र यादवले नेकपा सरकारले प्रस्ताव गरेको नागरिकता संशोधन बिधेयकले प्रस्ताव गरेको नागरिकता संशोधन बिधेयकले विदेशी बुहारीलाई दु:ख दिने नियतले ल्याएको बताउनुभयो।
कोणसभामा पूर्वमन्त्री कलावती पासवान, क्षेत्रीय सभापति सुनिल गुप्ता, कलैया उपमहानगरपालिकाका नगर प्रमुख राजेश राय यादव, सचिव हरिन्द्र यादव, करैयामाई गाउँपालिकाका अध्यक्ष भुवनेश्वर धामि, नेबि संघका नेजामुद्दिन अंसारी, तरुण दल सचिव दिपेन्द्र पटेल, रामप्रवेश यादव, लगायतले यसका बिरूद्व आन्दोलन गर्ने चेतावनी दिए ।