२४ घण्टामा देशभर ४ सय २१ जना कोरोना संक्रमित थपिए, कुल ९ हजार २६ पुग्यो

२४ घण्टामा देशभर ४ सय २१ जना कोरोना संक्रमित थपिए, कुल ९ हजार २६ पुग्यो

  • आइतवार, असार ७, २०७७
  • मिर्मिरे अनलाइन

  • 10.8K
    SHARES

असार ७ काठमाण्डौं । नेपालमा निरन्तर कोरोना संक्रमण बढ्ने क्रम जारी छ । यसै क्रममा पछिल्लो २४ घण्टामा ४ सय २१ जना संक्रमित थपिएका छन् । यो सगैं नेपालमा कुल संक्रमितको संख्या ९ हजार २६ पुगेको छ । देशभर ७५ जिल्लामा कोरोना फैलिसकेको छ । आज थपिएका मध्य ६४ महिला रहेका छन् ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेस्वर गौतमका अनुसार सातै प्रदेशका २४ वटा प्रयोगशालामा भएको सात हजार बढीको पिसिआर परीक्षणका क्रममा ती संक्रमित भेटिएका हुन् ।
नेपालमा कोरोनाका कारण हाल सम्म २३ जनाको मृत्यु भईसकेको छ भने १७ सय बढी डिस्चार्ज भएका छन् ।
देशभर आज ८ महिला र १८६ पुरुष गरी १९४ जना डिस्चार्ज भएका छन् । भदौ सम्ममा देशमा ४० हजार बढी संक्रमित पुग्न सक्ने अनुमान गरिदै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ