गोर्खा भर्ती बन्द गर्न र चीन विरुद्ध लड्न युवाहरुलाई नपठाउन विप्लवको अपील

गोर्खा भर्ती बन्द गर्न र चीन विरुद्ध लड्न युवाहरुलाई नपठाउन विप्लवको अपील

  • शनिबार, असार ६, २०७७
  • मिर्मिरे अनलाइन

  • 28.9K
    SHARES

काठमाडौँ असार ६ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवले अग्रेजको पालादेखि नै शुरु भएको गोर्खा भर्ती केन्द्र बन्द गर्न माग गरेका छन् ।
महासचिव विप्लवले आज प्रेस विज्ञप्ति जारी गर्दै पैसा र चाकडीका लागि युवाहरूलाई अर्काको देशमा लड्न पठाउने चलन २१ औँ शताब्दीमा पनि कायम राख्नु देशका लागि अपाच्य, अस्वीकार्य एवम् लज्जास्पद विषय भएको बताउँदै उक्त गोर्खा भर्तीकेन्द्र खारेज गर्न र नेपाली युवालाई चीनविरुद्ध लड्न नपठाउन आग्रह समेत गरेका छन् ।
लद्धाखमा दुई देशबीच रक्तपातपूर्ण झडप पछि सबै गोर्खा सैनिकलाई भारतले बिदा कटाएर फिर्ता बोलाईरहेका बेला विप्लवको यस्तो धारणा आएको हो ।
“ दुई देशको बीचमा स्वतन्त्र रहेको नेपालका युवालाई कुनै एक देशको सेनामा भर्ती भएर अर्को देशका विरुद्ध युद्धमा भाग लिने कुरा उचित र स्वीकार्य हुदैन” विप्लवद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

साथै यो असंलग्न राष्ट्रहरूले अवलम्बन गरेको सिद्धान्तका विरुद्ध पनि भएको भन्दै महासचिव विप्लवले उक्त कदम समान छिमेकीका बीचमा रहेको नेपाल र नेपाली जनताका लागि अति संवेदनशील र खतरनाक रहेको पनि उल्लेख गरेका छन् ।

साथै महासचिव विप्लवले देशका लागि लज्जाजनक रहेको गोर्खा भर्तीलाई यथाशीघ्र खारेज गर्न र युवाहरूलाई स्वदेशमै रोजगारीको व्यवस्था गर्न राज्यसँग माग पनि गरेका छन् । हेर्नुस् विज्ञप्तिः

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ