विवाह गरेको सात बर्ष पछि मात्रै अंगीकृत नागरिकता दिने विधेयक अघि बढाउने नेकपाको निर्णय

विवाह गरेको सात बर्ष पछि मात्रै अंगीकृत नागरिकता दिने विधेयक अघि बढाउने नेकपाको निर्णय

  • शनिबार, असार ६, २०७७
  • मिर्मिरे अनलाइन

  • 9.1K
    SHARES

असार ६ काठमाण्डौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा को सचिवालय बैठकले प्रस्तावित नागरिकता सम्बन्धी विधेयकमा वैवाहिक अंगीकृत नागरिकता प्राप्त गर्न विवाह भएको सात वर्ष पूरा भएको हुनुपर्ने व्यवस्था राख्ने गरी विधेयक अघि बढाउने निर्णय गरेको छ ।
बालुवाटारमा बसेको नेकपाको सचिवालयको बैठकले यस्तो निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनु भयो ।

लामो समयदेखि प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिमा छलफल भइरहेको सो विधेयकबारे समितिमा सहमति जुट्न नसकेका स्थितिमा नेकपाले आफ्नो धारणा स्पष्ट गरेको हो ।
समितिमा उक्त प्रावधान राख्न प्रस्ताव आएकामा विपक्षी दलले त्यति लामो अवधि राख्न नहुने बताउँदै आएका छन् । नेकपाको बैठकपछि सो पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले त्यस्तो नागरिकता प्राप्त गर्न ती व्यक्तिले सम्बन्धित देशको नागरिकता परित्याग गरेको प्रक्रिया आरम्भ गरेको हुनुपर्ने पनि निर्णय गरिएको बताउनुभयो । यसै गरी नेपाली महिला बिबाह गर्ने विदेशीहरुलाई भने नागरिकता नदिने पनि नेकपाले निर्णय गरेको छ ।
यस अघि राज्य व्यवस्था समितिले पाँच दिन भित्र सहमति गर्न निर्देशन दिएको थियो ।
काँग्रेस, समाजवादी लगायतका पार्टीहरु भने यो विधेयकको व्यवस्था हटाएर अन्तरीम सविधानमा उल्लेख भए अनुसार नै अघि बढ्नु पर्ने पक्षमा छन् ।
अन्तरीम संविधानमा गरिएको व्यवस्था अनुसार नेपालमा बिबाह गरेर आउने महिलाले अंगीकृत नागरिकता प्राप्त गर्नका लागि कुनै समयसीमा तोकिएको छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ