दाईले गरे ९ बर्षिय बहिनीलाई बलात्कार, आरोपि पक्राउ 

दाईले गरे ९ बर्षिय बहिनीलाई बलात्कार, आरोपि पक्राउ 

  • शनिबार, असार ६, २०७७
  • डम्मर राज भट्ट

  • 19.1K
    SHARES

कन्चनपुर ,६ असार । कञ्चनपुरको भिमदत्त नगरपालिका वडा नम्बर १० की ९ बर्षिय बालिकामाथि बलात्कार भएको छ । बिहिवार राति बालिका माथि बलात्कार भएको जिल्ला प्रहरी कार्यालय कन्चनपुरका प्रहरी नायब निरीक्षक अमरबहादुर थापाले बताए ।

बैतडी मेलौली घर भई केही दिन यता फुपु नाता पर्नेको घरमा बस्दै आईरहेका २० बर्षिया पुरुष बीरेन्द्र दयाल बलात्कार गरेको आरोपमा पक्राउ परेका छन् । बालिकाका परिवारजनले दयालका बिरूद्ध जिल्ला प्रहरी कार्यालय कन्चनपुरमा उजुरी दिएपछि बिरेन्द्र दयाल पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय कन्चनपुरले बिरेन्द्र दयाल र बालिकाको स्वास्थ्य परीक्षणका लागि महाकाली अस्पताल लगेको थापाले बताउनु भएको छ । जिल्ला प्रहरी कार्यालय कन्चनपुरले घटना बारे अनुसन्धान भईरहेको बताएको छ । स्थानीयले घटनाको सत्यतथ्य अनुसन्धान गरेर दोषि उपर कार्बाहीको माग अघि सारेका छन् ।

लकडाउनको मौका छोपी यसरी बालिकामाथि बलात्कार तथा जघन्य घटना भएको भन्दै कञ्चनपुरका महिला अधिकारकर्मीहरूले समेत घटनाको घोरभत्रत्सना गरेका छन् । महामारीका बेलामा पनि बालिकामाथि बलात्कारका घटना नरोकिएको भन्दै दुख व्यक्त गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ