पृतनापति बैठकमा विप्लव नेकपाबारे सेनाले गर्याे यस्ताे विश्लेषण, गतिविधिलाई निस्तेज पार्नेबारे पनि छलफल

पृतनापति बैठकमा विप्लव नेकपाबारे सेनाले गर्याे यस्ताे विश्लेषण, गतिविधिलाई निस्तेज पार्नेबारे पनि छलफल

  • शनिबार, असार ६, २०७७
  • मिर्मिरे अनलाइन

  • 8.5K
    SHARES

काठमाडौं, ६ असार । नेपाली सेनाले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ताको ‘अवाञ्छित गतिविधि’ले सुरक्षा चुनौती बढाएको विश्लेषण गरेको छ। उनीहरूले हतियार तथा विस्फोटक पदार्थ भण्डारण गरिरहेको र सर्वसाधारणलाई आतंकित पार्ने उद्देश्यले आफ्ना गतिविधिलाई सक्रिय राखेको सेनाको विश्लेषण छ।

जंगीअड्डामा शुक्रबार सुरु पृतनापति बैठकमा विप्लव नेकपाका गतिविधिले निम्त्याउन सक्ने सुरक्षा चुनौतीबारे पनि छलफल भएको सैनिक स्रोतले बताएको छ। यसका साथै कोरोना रोकथाममा सेनाले गरेको काम, सरकारले दिएका विभिन्न जिम्मेवारी पूरा गर्दा सेनालाई लगाइएका आरोपका विषयमा छलफल चलेको थियो।

सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले पृतनापति बैठक नियमित भएको प्रतिक्रिया दिए्। ‘मुलुकको पछिल्लो सुरक्षा अवस्था, कोभिड–१९ रोकथामलगायत विषयमा छलफल जारी छ’, प्रवक्ता पाण्डेले भने।

विप्लव कार्यकर्ताको गतिविधिलाई निस्तेज पार्ने विषयमा पनि छलफल भएको सैनिक स्रोतले बताएको अन्नपूर्ण पाेस्टले समाचार लेखेकेा छ । बैठक आइतबार सकिनेछ।

प्रहरीले नेकपाका ललितपुर जिल्ला सदस्य श्याम भनिने सानुराज बज्राचार्यलाई जेठ ३० गते नियन्त्रणमा लिएको छ । प्रहरीले उनकाे साथबाट ठूलो परिमाणको हतियार र विस्फोटक पदार्थसमेत बरामत गरेकाे दाबी गरेकाे थियाे ।

उनीहरूले उपत्यकाका विभिन्न स्थानमा भण्डारण गरेका हतियार तथा विस्फोटक पदार्थ बरामद भएपछि त्यसबाट चुनौती खडा भएको जंगीअड्डाले जनाएको हो।  सरकारले यसअघि नै विप्लव नेकपाको गतिविधिमाथि प्रतिबन्ध लगाएको छ।

बैठकमा उनीहरूले लकडाउनको मौकामा विभिन्न स्थानमा विस्फोटका घटना गराउनेतर्फ सजग हुनुपर्ने विश्लेषण जंगीअड्डाले गरेको छ। सरकारका सबै संयन्त्र कोरोना रोकथाम तथा नियन्त्रणमा केन्द्रित भइरहेका बेला उनीहरूले त्यसको फाइदा उठाउँदै विस्फोट गराई आतंकित बनाउन सक्नेतर्फ जंगीअड्डा सचेत भएको बैठकमा बताइएकाे थियाे ।

बैठकमा उपत्यकासहित सबै प्रदेशका पृतनापतिले आआफ्नो क्षेत्रको पछिल्लो सुरक्षा अवस्था र सम्भावित सुरक्षा चुनौतीबारे रिपोर्टिङ गरेका थिए। कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा सेनाले गरेको कार्यबारे उनीहरूले रिपोर्टिङ गरेका थिए। विदेशबाट फर्किएका नेपालीको व्यवस्थापन गर्दा आइपरेका चुनौती र त्यसको सहजीकरणको उपायबारे बैठकमा छलफल भएको थियो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ