एमसीसीबारे छलफल गर्न नेकपाको सचिवालय बैठक बस्दै

एमसीसीबारे छलफल गर्न नेकपाको सचिवालय बैठक बस्दै

  • शनिबार, असार ६, २०७७
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

काठमाडौं, ६ असार । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे छलफल गर्न नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठक आज बस्दैछ।
पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीले शनिबार बिहान ९ बजे प्रधानमन्त्री निवास, बालुवाटारमा बैठक बोलाउनुभएके हो ।
बैठकमा एमसीसीसहित पछिल्लो समसामयिक राजनीतिक विषयमा पनि छलफल हुने नेकपा सचिवालय स्रोतले जनाएको छ।
प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओली संसदबाट एमसीसी पारित गर्ने पक्षमा हुनुहुन्छ भने अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्यदलको सुझाव अनुसार अगाडि बढ्नुपर्ने अडान कायम छ ।
प्रचण्डसहितका नेताले कार्यदलले बनाएको प्रतिवेदनमाथि स्थायी समितिमा छलफल गर्नुपर्ने अडान राख्दै आएका छन्। एमसीसीको विषयमा चर्को विवाद भएपछि नेकपाले वरिष्ठ नेता झलनाथ खनालको नेतृत्वमा परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली र नेता भीम रावल सदस्य रहेको अध्ययन कार्यदल बनाएको थियो।
कार्यदलले तयार पारेको प्रतिवेनमा एमसीसी परिमार्जन गरेर मात्र संसद बाट पारित गर्नुपर्ने सुझाव दिइएको छ।
मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सँगको कम्प्याक्ट सम्झौता संसद्बाट अनुमोदन गर्नेरनगर्ने विषयमा फेरि नेताहरूबीच ध्रवीकरण सुरु हुँदै गर्दा भैंसेपाटी गठबन्धन ब्युँतिन खोजेको छ।
एमसीसीका बिषयमा नेकपाभित्र विवाद पुन चर्किएपछि नेकपाले असार १० गतेका लागि स्थायी समिति बैठक बोलाइसकेको छ। पार्टी बैठक बोलाए पनि एमसीसीका विषयमा पार्टी निर्णयका आधारमा चल्ने या संसद्मा पुगिसकेको एमसीसी सम्झौतामा संसद्लाई नै निर्णय गर्न दिने भन्नेमा ओली र दाहालबीच समझदारी जुटेको छैन।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ