कन्चनपुर,५ असार । कञ्चनपुरमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पुर्व मन्त्री रमेश लेखकद्वारा चार लाख बरोबरको स्वास्थ्य सामाग्री वितरण गरिएको छ ।
शुक्रवार जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा एक कार्यक्रमका बिच उक्त स्वास्थ्य सामाग्री प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडालाई हस्तान्तरण गरिएको हो ।
नेपाली कांग्रेस जिल्ला कार्य समिति क्षेत्र नं। ३ का सभापति गोपाल भट्टले उक्त स्वास्थ्य सामाग्री प्रमुख जिल्ला अधिकारी खतिवडालाई हस्तान्तरण गरेका हुन् । काठमाडौंबाट पुर्व मन्त्री लेखकले जिल्लाका स्वास्थ्यकर्मीहरुको समस्यालाई मध्यनजर गर्दै उक्त सामाग्री पठाइएको नेविसंघका पुर्व केन्द्रीय सदस्य जनक भट्टले बताए ।
प्रमुख जिल्ला अधिकारी खतिवडाले नेता लेखकले पठाएको स्वास्थ्य सामाग्री जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका कार्यालय प्रमुख शिवराज सुनारलाई स्वास्थ्यकर्मीलाई समानान्तर ढंगले वितरण गर्न भन्दै बुझाएको जनाइएको छ ।
पिपिई सेट ५६ थान, सर्जीकल मास्क दुई सय थान, एन–९५ २० थान र सेनिटाइजर १० लिटर सहयोग स्वरुप वितरण गरिएको नेपाली कांग्रेस खक्षेत्र नं। ३ कञ्चनपुरका सभापति भट्टले बताए ।