गुलरिया असार ५ । आरडीटी रिपोर्ट नगेटेभि आए पछि घर पठाईएका बर्दियाको बारबर्दिया नगरपालिका ३ का एक पुरुषको मृत्यु भएको छ । आरडीटी रिपोर्ट नेगेटिभ आएपछि क्वारेन्टाईनबाट घर पठाईएका ४५ वर्षीय पुरुषको एक्कासी सास फेर्न गाह्रो परे पछि उपचारका लागि बर्दिया अस्पताल गुलरिया लैजादै गर्दा बाटैमा मृत्यु भएको हो ।
मृतक पुरुषको शव बर्दिया अस्पतालको शव गृहमा राखिएको बारबर्दिया नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख डिल्लीराज शर्माले बताए । मृतकको स्वाब परीक्षणका लागि भेरी अस्पताल नेपालगञ्ज पठाएको छ ।परीक्षणको रिपोर्ट आएपछि मात्र शव व्यवस्थापन गरिने जनाइएको छ ।
दुई साताअघि काठमाडौंबाट बर्दिया आएका पुरुष १४ दिन क्वारेन्टाइनमा बसेर आरडीटी परीक्षणको नतिजा नेगेटिभ आएपछि घर फर्किएका थिए।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline