साउदीबाट आईपुगे ४ गर्भवती महिला सहित एक सय ५७ नेपाली

साउदीबाट आईपुगे ४ गर्भवती महिला सहित एक सय ५७ नेपाली

  • शुक्रबार, असार ५, २०७७
  • मिर्मिरे अनलाइन

  • 31K
    SHARES

असार ५ काठमाण्डौं । साउदी अरबबाट अलपत्र परेका १ सय ५७ जना नेपाली काठमाण्डौं आईपुगेका छन् । जसमा ४ जना गर्भवती महिला र अन्य ४ गरी ८ महिला छन् । यही उडानमा एक मृतकको शब पनि ल्याईएको छ ।

साउदी अरबको दमाम अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको हिमालयन एयरलाइन्समार्फत उनीहरु आज बिहान साढे ७ बजे काठमाण्डौं ओर्लिएका हुन् । साउदीमा १० हजार जनाले स्वदेश फिर्न दूतावासमा आवेदन दिएका छन् ।

पहिलो उडानमा अलपत्र परेका कामदारहरु आएको दूतावासले जनाएको छ । दोश्रो उडान राजधानी रियादबाट भोलि शनिबार हुँदैछ । तेश्रो उडान भने आउँदो मंगलबार तय भएको छ ।

शुक्रबार काठमाडौं आइपुगेका कामदारको आरडीटीमार्फत परीक्षण गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ