एमसीसी छिट्टै पारीत गर्ने तयारीमा सरकार, १० गते नेकपा स्थायी समितिको बैठक

एमसीसी छिट्टै पारीत गर्ने तयारीमा सरकार, १० गते नेकपा स्थायी समितिको बैठक

  • शुक्रबार, असार ५, २०७७
  • मिर्मिरे अनलाइन

  • 10.9K
    SHARES

असार ५ काठमाण्डौं । पार्टी भित्र र चौतर्फी बिबादका बीच पनि सरकारले जसरी पनि एमसीसी यसै अधिवेशनबाट केही दिन भित्र पारीत गर्ने तयारी गरेको बुझिएको छ ।
एमसीसी पारीत असार १५ भित्रमा गरीसक्ने गरी सरकार लागि परेको बताईएको छ ।
प्रधानामन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डबीच पटक पटक छलफल भए पछि १० गते पार्टीको स्थायी समितिको बैठक बस्ने सहमति पनि भएको छ ।
झलनाथ खनाल नेतृत्वको कार्यदलले परिमार्जन गरेर मात्रै एमसीसी पारित गर्नु पर्ने सुझाव दिए पनि अमेरीकाले संसोधन गर्न मानेको छैन ।
यसै कारण प्रधानमन्त्री एमसीसी संसदको बिषय भएको र पार्टीले हस्तक्षेप गर्न नहुने भन्ने दिशाबाट कन्भिन्स गर्न लागेको स्रोत बताउछ ।
एमसीसीलाई लिएर काँग्रेस पनि तत्काल पारीत गर्ने पक्षमा रहेको छ । नेकपाको स्थायी समितिको बैठक पछि एमसीसी सदनमा अनुमोदनका लागि पेश गराउने तयारीमा सरकार लागि परेको बुझिएको छ ।
एमसीसीको बिपक्षमा सडकमा आवाज तीव्र बनिरहे पनि प्रधानमन्त्री सहित सत्तारुढ नेता र काँग्रेस अविलम्ब पारीत गराउने पक्षमा जुटेका हुन् ।
संसदमा पेश भए र नेकपा भित्र सहमति बने एमसीसी दुई तिहाईले अनुमोदन हुन सक्ने संभावना रहेको छ ।
सडकमा विभिन्न दल, नागरिक स्तरबाट बिरोध भईरहे पनि सरकारले त्यसलाई सुनेको छैन ।
एमसीसीका बारेमा नेकपाको आगामी असार १० गते बस्ने बैठकमा छलफल भए पछि थप बिषय स्पष्ट हुने नेकपाका एक स्थायी समिति सदस्यले जानकारी दिए ।

यस अघि हिजो राष्ट्रिय सभामा बोल्दै प्रधानमन्त्री ओलीले एमसीसी नपढी बिरोध भईरहेको भन्दै अमेरीकी सेना आउने अनावस्यक हल्ला चलाईएको बताएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ