कालापानीबाट भारतीय सेना फिर्ता गर्नु नेपालको मुख्य लक्ष्यः राधेश्याम अधिकारी

कालापानीबाट भारतीय सेना फिर्ता गर्नु नेपालको मुख्य लक्ष्यः राधेश्याम अधिकारी

  • बिहिबार, असार ४, २०७७
  • मिर्मिरे अनलाइन

  • 13K
    SHARES

काठमाडौँ असार ४ । राष्ट्रिय सभामा काँग्रेसका तर्फबाट सदस्य रहेका नेता राधेश्याम अधिकारीले नेपालले कालापानी क्षेत्रबाट भारतीय सेना फिर्ता पठाउनु अहिलेको नेपालको मुख्य लक्ष्य रहेको बताएका छन् ।

राष्ट्रिय सभाको आजको बैठकमा संविधान संशोधन विधेयकमाथिको दफावार छलफलका क्रममा अधिकारीले कालापानीमा नेपाली नागरिकको शासन स्थापना हुनु पर्ने बताए ।

कालापानीमा भारतले भोगाधिकार खोसेको तर स्वामित्व भने कायम गर्न नसक्ने अधिकारीको भनाइ थियो । सन् १९६२ मा नेपालमा प्रजातान्त्रिक सरकार अपदस्त भएको र राजाले शासन लिएको बेलामा भारतले कब्जा जमाएको अधिकारीले बताए ।
सन् १९६२ को भारत(चीन युद्धपछि भारतीय सेना फर्किएर उक्त क्षेत्रमा आएका बेला पनि त्यहाँका जनताले नेपालमा तिरो तिरेका प्रमाण रहेको बताउँदै अधिकारीले लिखित रूपमा भारतलाई उक्त भूमि कसैले नदिएको दावी गरे ।
त्यतिबेला राजा आन्तरिक झन्झटमा भएकाले बाह्य झन्झटमा फस्न चाहेनन् । त्यो बेला राजाले अडान लिन नसकेका हुन् तर कुनै पनि लिखतबाट त्यो तिम्रो भनेका छैनन् । यो कुराले गर्दाखेरि नेपालको कालापानीमा भारतको स्वामित्व कायम हुन्न । नक्सा भारतले बनाए पनि हामी स्वीकार गर्न सक्दैनौं, अधिकारीले भने ।

नक्सा जारी गरेर नेपालले भारतसँग वार्ताको टेबुलमा बराबरीको हैसियत कायम गर्ने देखिएको छ ।ु भारतले संसदबाट पारित भएको नक्सा देखाउँदा अब नेपालले पनि संसदबाट पारित नक्सा वार्ताको टेबुलमा राख्ने र समानता कायम हुने उनको तर्क थियो । भारतले नेपालका वार्ताका प्रस्ताव अस्वीकार गर्दै आएकाले अहिलको अवस्था आएको अधिकारीले बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ