नेपालमा असार भित्रै ४० हजार कोरोना संक्रमित पुग्ने अनुमान

नेपालमा असार भित्रै ४० हजार कोरोना संक्रमित पुग्ने अनुमान

  • बिहिबार, असार ४, २०७७
  • मिर्मिरे अनलाइन

  • 15.9K
    SHARES

असार ४ काठमाण्डौं । नेपालमा दिनहुँ कोरोना संक्रमित बढीरहेको छ । यसै सन्दर्भमा असार महिना भित्रै देशभर ४० हजार संक्रमित पुग्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुमान गरेको छ । हिजो सम्म नेपालमा ७ हजार एक सय ७७ पुगिसकेको छ ।
मन्त्रालयले ४० हजार संक्रमित पुग्नसक्ने भन्दै त्यसै अनुसार तयारी थाल्न मार्गदर्शन बनाएको छ।

मन्त्रालयले तयार पारेको कोभिड–१९ महामारी व्यवस्थापनका लागि भौतिक स्रोत पहिचान तथा जनशक्ति व्यवस्थापन मार्गदर्शनमा ४० हजार संक्रमितमध्ये ८० प्रतिशत अर्थात् ३२ हजारमा कुनै लक्षण तथा असर नदेखिने भएकाले उनीहरुलाई होम क्वारेन्टिन वा होम आइसोलेसनमा राख्नुपर्ने उल्लेख छ।

त्यस्तै १५ प्रतिशत संक्रमित अर्थात् ६ हजारजनालाई अस्पताल केयर, आइसोलेसन बेड र ५ प्रतिशत अर्थात् २ हजारजनालाई सघन उपचार चाहिने प्रक्षेपण गरिएको हो ।

मार्गदर्शनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आउनेमध्ये संक्रमणको लक्षण नभएकालाई होल्डिङ गर्ने तथा सम्बन्धित स्थानीय तहसम्म पु¥याउने काम सम्बन्धित प्रदेश सरकारको समन्वयमा नेपाली सेनाले गर्ने भनिएको छ।

त्रिभुवन विमानस्थलबाट आउनेमध्ये संक्रमणको लक्षण देखिएकालाई आइसोलेसनमा राखिने छ। त्यस्तै स्थलगत सीमानाकाबाट भित्रिने तर संक्रमणको लक्षण नभएकालाई पनि होल्डिङ गर्ने तथा सम्बन्धित स्थानीय तहसम्म पु¥याउने कार्य सम्बन्धित प्रदेश सरकारको समन्वयमा नेपाली सेनाले गर्ने र संक्रमणको लक्षण देखिएकालाई आइसोलेसनमा राखिनेछ।

स्थानीय तहले बाहिरबाट आएका व्यक्ति तथा सम्बन्धित स्थानीय तहभित्र नै शंकाको दायरमा रहेका व्यक्तिलाई आवश्यकता अनुसार क्वारेन्टिन, होम क्वारेन्टिन। आइसोलेसन, सामूहिक आइसोलेसनमा राख्ने व्यवस्था गर्नुपर्नेछ। होम क्वारेन्टिन तथा आइसोलेसनमा रहेका व्यक्तिसँग समन्वय, सम्पर्क गर्न तथा उनीहरूलाई आवश्यक स्वास्थ्य सल्लाह दिन स्वास्थ्यकर्मी व्यवस्थापन पनि सम्बन्धित स्थानीय तहले गर्नुपर्नेछ। क्वारेन्टिन तथा आइसोलेसनमा रहेका व्यक्तिलाई संक्रमणको मध्यम र जटिल लक्षण देखिए उपचारका लागि अस्पताल लैजाने तथा ल्याउने व्यवस्था पनि स्थानीय तहले मिलाउने र उपचार व्यवस्थापन स्वास्थ्य मन्त्रालयले गर्ने मार्गनिर्देशनमा उल्लेख छ।

सीमानाकाबाट भित्रिनेको स्वास्थ्य परीक्षण, कन्ट्याक्ट टे«सिङ र नमुना संकलन कार्य सम्बन्धित स्थानीय तहसँगको समन्वयमा प्रदेश सरकारले मिलाउनुपर्नेछ।

स्वास्थय मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले कोभिड–१९ महामारी व्यवस्थापनका लागि भौतिक स्रोत पहिचान तथा जनशक्ति व्यवस्थापन मार्गदर्शन बनेको आफूले सुनेको बताए। मार्गदर्शनबारे आफूले बुझेर मात्र विस्तृतमा बताउन सक्ने उनले बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ